onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसको कीर्तिमानी शतकको भारतमा बिशेष चर्चा : भारतीय मिडिया भन्छ – कोहली भन्दा पारस अगाडी !

असोज १३ , अनलाइन खेलखबर || सिगांपुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिगांपुरबिरुद्द नेपालको शानदार जितमा नायकत्व भूमिका खेल्दै नेपाललाई जिताउने क्रममा शतकीय पारी खेलेका नेपालका कप्तान पारस खडकाको अहिले चर्चा चारैतिर चलिरहेको अबस्था छ ।

जुन अहिले पनि जारी नै छ । विश्व क्रिकेटमा नेपालका कप्तान पारसको चर्चा चल्दै गर्दा हाम्रो छिमेकी मुलुक भारतमा अझ चर्चा- परिचर्चा चल्ने क्रम जारी रहेको छ ।

टि -ट्वान्टी शतकीय पारी खेल्ने क्रममा पारसले विश्व क्रिकेटमा थुप्रै किर्तिमान पनि राख्न सफल हुँदा त्यसैलाई ध्यानमा राख्दै भारतीय संचारमाध्यमले पारसको कीर्तिमानी शतकलाई महत्वका साथ् प्रेषित तथा प्रकाशन गरिरहेका छन ।

Click to learn more

जसमा भारतीय चर्चित संचार माध्यम ईन्डिया टुडे , हिन्दुस्तान टाईम्स , एडी टिभी ,द ईन्डियन एक्सप्रेश लगायतका संचारमाध्यमले आफ्नो खबरमा पारसको कीर्तिमानी खबरलाई राम्रोसँग स्थान दिएका छन ।

बिशेषगरी भारतीय यी मिडियाले पारसले कप्तानको हैसियतबाट टि- ट्वान्टीमा पहिलो शतक त्यो पनि टिमको कप्तान , जसले किर्तिमान अहिले खडा गरेको छ ।उनि विश्वको पहिलो कप्तान बनेका छन जसले टि-ट्वान्टीमा लक्ष्य पछ्याउंदै शतक प्रहार गरेका छन ।

त्यसलाई केन्द बनाएर आफ्नो कप्तान बिराट कोहली , रोहित शर्माले गर्न नसकेको काम हिमालयको देश नेपालका कप्तान पारसले गरेको भन्दै सकारात्मक तरिकाले तारिफ समेत गरेका छन ।

सिगांपुरलाई उसैको भूमिमा शानदार जित हासिल गर्ने क्रममा कप्तान पारस खडकाले अविजित रहदै एक्लैले १ सय ६ रनको शतकीय पारी खेल्दा जित मात्र हासिल गरेन की पारसले थुप्रै कीर्तिमानी कायम गर्न सफल भएका छन ।

शनिबार भएको सिगांपुरले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी चुनौतीलाई नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो ।

जसमा मोहम्मद आरिफ शेखले ३९ रन बनाउदै साथ दिएका थिए । पारसले ५२ बलको सामना गर्दै उक्त रन बनेपछि उनले थुप्रै किर्तिमान खडा गर्न सफल भएका छन ।

एनडि टिभी

ईन्डिया टुडे

द ईन्डियन एक्सप्रेश

हिन्दुस्तान टाईम्स

प्रतिक्रिया दिनुहोस्