onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्यानको नयाँ कार्यसमिति चयन : अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

असोज ११ , अनलाइन खेलखबर || अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को निलम्बन प्रकियामा रहेको नेपाली क्रिकेट संघ ( क्यान ) को नयाँ कार्यसमिति आज गठन गरिएको छ ।

१७ सदस्यीय समितिमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका छन । उनले विनयराज पाण्डेलाई पराजित गरे । चन्दले कुल ५९ मतमा ४४ मत प्राप्त गर्दा विनयराज पाण्डेले १५ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा राजुवाबू श्रेष्ठ चयन भएका छन । उनले मिङमा डनडुशेर्पालाई पराजित गरे । यस्तै सचिवमा अशोक नाथ प्याकुरेल निर्वाचित भएका छन । उनले बिनोद कुमार मैनालीलाई पराजित गरे ।

यता रोशन कुमार सिह कोषाध्यक्षमा चयन भने उनले अर्का उमेदवार उपेन्द्र भट्टराईलाई पराजित गरे ।

निर्वाचनमा कुल १७ जनाका लागि २९ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । त्यसमध्य एक महिला सदस्यमा दार्चुला जिल्लाकी जयन्ति भट्ट निर्बिरोध निर्वाचित भएकी थिईन । भने प्रदेशबाट प्रदेश २ बाट दाउद् अन्सारी मोहम्मद निर्बिरोध निर्वाचित हुँदा प्रदेश ४ गण्डकी बाट ऋषि राज गौतम , प्रदेश ५ बाट प्रशान्त बिक्रम मल्ल कर्णाली प्रदेश बाट पदम बहादुर खडका र सुदुर पश्चिमबाट बिक्रम विष्ट निर्बिरोध चयन भएका थिए ।

भने सदस्यमा प्रदेश १ बाट दुई जनाको दाबेदारी पेश भएको थियो । जसमा लाक्पा लामालाई कैलाश बिष्टले पराजित गर्दा ३ बाट अमित वीर पाण्डेले कैलाश प्रधानलाई पराजित गरे ।

यस्तै खुल्ला ५ सदस्यका लागि ११ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन । जसमा सन्जय सिँह, दुर्गा राज पाठक , बिरेन्द्र बहादुर चन्द्र , माधव कुमार कर्मचार्य र करण महोत्रा क्षेत्री चुनिएका छन ।

अब क्यानले नयाँ कार्यसमिति पाएसँगै करिव ४ बर्षको आईसीसीको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्