onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जिम्बावेविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

असोज १० , अनलाइन खेलखबर || सिगांपुर क्रीकेटको आयोजनामा नेपाल , सिगांपुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अहिले नेपालले जिम्बावेसँग भिड्दै छ ।

ईन्डियन क्रिकेट एसोसिएसनको खेल मैदानमा भर्खरै भएको ट्समा ट्स जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको नेपालको प्रतिद्वन्द्वी टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावे आफैमा बलियो टिम हो त्यसमा दुईमत छैन ।

त्यसैले अबको केही समयपछि जिम्बाबेविरुद्ध सुरु हुने खेलमा नेपालले कस्तो खेक्नेछ त्यो हेर्न लायक पक्कै हुनेछ ।

जिम्बाबे टेस्ट मान्यता प्राप्त हुँदा नेपाल र जिम्बाबेको भेट बिरलै हुने गर्छ । पछिल्लो समय जिम्बाबेमै भएको एकदिवसीय विश्वकप छ्नोट प्रतियोगितामा नेपाल जिम्बाबेसँग ११६ रनले पराजित भएको थियो ।

उक्त खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको जिम्बाबे निर्धारित ५० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ३ सय ८० रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ६४ रन बनाउन सफल भएको थियो ।

पछिल्लो समय एकदिवसीय भेट भएको भएता पनि टि – ट्वान्टीमा यी दुईबीच भेट भने हुन सकेको छैन ।

जिम्बाबेले भर्खरै बङ्लादेशमा त्रिकोणात्मक सिरिज खेलेर सिगांपुर पुगेको हो । युवा खेलाडीले भरिपुर्ण टिममा जिम्बाबेले बङ्लादेशमा राम्रो प्रदर्शन गरेको थियो ।

यता नेपाल लामो समयको अन्तरालमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीमा नियमित उप – कप्तान ज्ञानेन्द्र मल्ल , मध्यक्रमका फिनिसर शरद भेषावकर र अनुभवी बसन्त रेग्मीलाई यसपटक टिममा समाबेश गरिएको छैन ।

टिममा ग्लोबल आईकन सन्दिप लामिछाने जोडिने छ्न । उनी वेस्ट ईन्डिजको लिग क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) बीचमै छोडेर टिममा जोडीन आईपुगेका छ्न । जुन नेपालका लागि अर्को बलियो पक्ष हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्