onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट बिग्रेको बेला केहि दिन सक्छु कि भनेर म आउँन खोजेको हो : विनय राज पाण्डे

शलमान शाह , अनलाइन खेलखबर || क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) बाट करिव चारवर्षदेखि नेपाली क्रिकेट निलम्बनमा रहेको छ ।

यसैबीचमा निलम्बनमा रहेको नेपाल क्रिकेट संघ ( क्यान ) बिभिन्न प्रकिया पार गर्दै अहिले निलम्बनको फुकुवाको प्रकिया नजिक पुगेको अबस्था छ ।

त्यस भित्र महत्वपूर्ण रहेको केन्दीय कार्यसमिति चयन हुनु पनि एक हो । आईसीसीले तयार गरेको स्वतन्त्र कमीटीले तयार गरेको विधान अनुसार जिल्ला , प्रदेशको कार्यसमिति चयन भईसकेको अबस्था अहिले छ ।

र केन्द्रको कार्यसमिती चयन आउँदो असोज १० र ११ गते काठमाण्डौमा हुँने बिशेष साधारणसभामार्फत हुदैछ ।

बिशेष साधारणसभाको मिति नजिकिदै गर्दा अहिले माहोल चुनाव वरिपरी घुमीरहेको छ । आगामी कार्यसमितिका लागि मुख्यत हालसम्म दुई जनाको नाम बाहिर आएको छ जसमा चतुरबहादुर चन्द र विनय राज पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन ।

यसैबीचमा अध्यक्षका एक जना उम्मेदवार विनय राज पाण्डेसँग अनलाइन खेलखबरले यसै क्यानको चुनावलाई केन्दित रहेर कुराकानी गरेको थियो , अबको क्रममा उनिसँग हामीले गरेका कुराकानीको मुख्य अम्शलाई हामिले क्रमश : राखेका छौ ।

हामिले सुरुमा उनलाई अध्यक्षको उम्मेदवारी किन भन्ने प्रश्न राख्दा उनले आफु एक किसिमले संरक्षकको रुपमा रहेको र क्रिकेट राम्रो भएर गएको भए , अप्ठयारो स्थितिमा नभएको भए ,मलाई सायद क्रिकेटमा आउनु पर्ने कुनै जरुरी थिएन । तर आफैले हुर्काएर बढाएर आएको क्रिकेटको यो बेहाल भयो ।

अहिले क्रिकेटको पछी लाग्ने मान्छे हेर्दा क्रिकेटकै लागि लाग्या भन्ने कन्भिन्स मलाई भएन त्यही भएर आफु आएन लागेको उनको भनाई रहेको थियो ।

उनले क्रिकेटलाई मन पराउने क्रिकेटलाई बुझेको , क्रिकेटलाई बिकाश गर्न सक्ने धेरै मान्छेहरु रहेको भन्दै बोल्न झगडा गर्न नसक्ने समूहलाई नेतृत्व गरेर अहिलेको अबस्थालाई निकाश दिने उनि बताउँछन ।

त्यसमा क्रिकेटको पृष्ठभूमि भएको , क्रिकेटमा केहि गर्छु भन्नेहरूले साथ् दिन आफुलाई आउँने बताउँछन । तर आएनन भने पनि मैले त्यसमा कुनै अन्यस्था पनि नलिने र क्रिकेट बिग्रिएको बेला आफुले केहि योगदान दिन सक्छु की भनेर आफु आउन खोजेको हो । सहयोग प्राप्त भयो भने आफुले क्रिकेटलाई सहि बाटोमा ल्याउने उनको धारणा रहेको थियो ।

यदि अध्यक्षमा उनि आफु आएको खण्डमा नेपाली क्रिकेटमा धेरै कुराहरू गर्ने बाचा समेत् हामिसँगको कुराकानीमा उनले गरेका थिए । जसमध्य खेलाडीले राम्रो गर्दा गर्दै पनि संरचना छैन , आईसीसीबाट सहयोगको रकम आउँदैन , क्रिकेटका प्रतियोगिता हुदैन आफु पहिले नेतृत्वमा हुँदा ५/६ वटा राष्ट्रिय प्रतियोगिता हुने सम्झिदै अब आफु आएको खण्डमा खेलाडीलाई खेल्ने वातावरण बनाउने अम्पायर, प्रशिक्षकको क्षमता विकासका ध्यान दिने उनि बताउँछन ।

क्रिकेटलाई सस्थागत रुपमा विकास गरेर , अहिले हामीले प्राप्त गरेको सफलताले गर्दा हामिलाई क्रिकेटको पूर्वाधार र क्रिकेट बिकाश गर्न आईसीसीबाट सहयोग क्रिकेटमै लगानी गर्ने उनि बताउँछन ।

आफ्नो क्रिकेट बुझेको नाता र आईसीसी, एसीसी सरकारसँगको सम्बन्धले गर्दा क्रिकेटलाई गन्तब्यमा पुर्याउन सक्ने आफुमा क्षमता भएको हुँदा एकचोटीलाई सही बाटोमा लाने र बिगतमा भएका बेथितिलाई नदोरियोस भन्ने बाताबरण आफुले सिर्जना गर्ने भन्दै उनले नेपाललाई टेष्ट मान्यता राष्ट्र बनाउने लक्ष्य रहेको
हामीसँगको कुराकानीका क्रममा व्यक्त गरेका थिए ।

त्यसका लागि वातावरण तयार पार्ने र राम्रो बाटोमा क्रिकेटलाई पुर्याए सकेपछी नयाँ साथीहरुका लागि आफुले हस्तान्तरण गरेर विश्राम लिने सोच उनीमा रहेको छ ।

नेपाली क्रिकेटमा झन्डै झन्डै ४ दर्शक भन्दा बढी समय देखि निरन्तर योगदान गर्दै आएका पाण्डे यसअघि क्यानको नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन । पाण्डे पहिलो पटक सन् १९६५ मा क्यानमा आएका थिए महासचीव जस्तो महत्वपूर्ण भूमिकामा रहेर उनले सन् २००२ मा काम गरे । त्यसपछि उनि सन् २००२ मा उपाध्यक्ष भए भने सन् २००५ देखि ११ सम्म उनले क्यानको अध्यक्ष भएर काम गरिसकेका छन ।

अब हेर्नुहोस भिडियोमा पूरा अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्