onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोनाल्डोको टिम सिरि एको शिर्षस्थानमा

असोज ८ , अनलाइन खेलखबर || इटालियन लिग सिरि एमा युभेन्टसले अपराजित यात्रा कायम गर्ने क्रममा ब्रेस्कालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

बुधवार बिहान भएको खेलमा चौथो मिनेटमै ब्रेस्काले गोल गर्दै अग्रता बनाएको थियो ।

१-० ले पछाडी परेको युभेन्टसले ४० औं मिनेटमा उपहार गोल प्राप्त गर्यो । ब्रेस्काका जोन चान्सलरले आत्मघाति गोल गरेका थिए ।

पहिलो हाफमा उपहार गोल गरेपछी १-१ को समाप्तिमा सकिएको खेलमा युभेन्टसका लागि ६३ औं मिनेटमा मिरालेम पिजेनिकले टिमका लागि दोस्रो गोल गरे । जुन गोल निर्णायक हुन पुग्यो ।

योसँगै पाँचौं चरणको खेल जारी रहँदा युभेन्टसले ५ खेलबाट ४ खेलमा जीत र १ खेलमा बराबरी गर्दै १३ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस्