onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दुईपटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो

असोज ७ , अनलाइन खेलखबर || लगातार दुई पटकको विजेता नेपाल काठमाडौमा जारी यु -१८ साफ च्याम्पियन फुटबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिएको छ ।

यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपालको सेमिफाइनल पुग्ने झिनो सम्भावनालाई समूह “ ए ” को अन्तिम खेलले जिबित राखेको भएपनि भुटान र माल्दिभ्सले गोलरहित बराबरीमा खेल सकिएपछी नेपालको झिनो आशा पनि सकिएको हो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो । भने आईतवार भएको दोस्रो खेलमा फुटबलमा उदाउँदो भुटानसँग ३-० ले निराश भएपछि सेमिफाइनल पुग्ने नेपालको समीकरणलाई निकै ठुलो धक्का लाग्न पुगेको थियो ।

नेपाललाई सेमिफाइनल पुग्न आज भुटानले माल्दिभ्सलाई कम्तिमा ४-० को अन्तरले पराजित गरेको खण्डमा मात्र नेपाल सेमिफाइनल पुग्ने थियो । तर त्यसो मात्र भएन खेल बराबरिमा समाप्त गरेर भुटान समूह विजेता र माल्दिभ्स उप – विजेता बन्दै सेमिफाइनल पक्का गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्