भुटान र माल्दिभ्सबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

भुटान र माल्दिभ्सबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

असोज ७ , अनलाइन खबर || काठमाडौमा जारी तेस्रो संस्करणको साफ यु -१८ फुटबल च्याम्पियनसिप अन्तर्गत अहिले भुटान र माल्दिभ्सबीच प्रतिष्पर्दा भईरहेको छ ।

हलचोकस्थित एपीएफको फुटबल मैदानमा जारी खेलमा पहिलो हाफको समाप्तिसम्म कुनै टिमबाट गोल हुन सकेको छैन ।

पहिलो हाफमा भुटानले केही राम्रो अवसर प्राप्त गरेको भएपनि गोल गर्न भने सकेन ।

यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपालको सेमिफाइनल पुग्ने झिनो सम्भावनालाई यस खेलले जिबितै राखेको हुँदा नेपालको नजर बिशेषगरि भुटानको खेलमा अहिले रहेको छ ।

समूह “ ए ” मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो । भने आईतवार भएको दोस्रो खेलमा फुटबलमा उदाउँदो भुटानसँग ३-० ले निराश भएपछि सेमिफाइनल पुग्ने नेपालको समीकरणलाई निकै ठुलो धक्का लाग्न पुगेको थियो ।

अब नेपाल सेमिफाइनल पुग्नका लागि अहिले जारी माल्दिभ्स र भुटानबीचको खेलले निर्धारण गर्नेछ ।

अहिले अंकतालिकामा ३ अंकसहित भुटान पहिलो स्थानमा रहेको छ भने सेमिफाइनल पक्का पनि गरेको छ । नेपाल र माल्दिभ्सको समान १/१ अंक रहेको छ ।

यस्तोमा जारी खेलमा भुटानले माल्दिभ्सलाई कम्तिमा ४-० को अन्तरले पराजित गरेको खण्डमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । यदि माल्दिभ्स र भुटान बराबरी खेलेमा अथवा खेल माल्दिभ्सले जितेमा नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *