onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिपिएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन

असोज ७ , अनलाइन खेलखबर || नेपालका स्टार क्रीकेटर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरेको भएता पनि रोमाञ्चक बनेको खेलमा बार्बोड्स ट्रिडेन्ट सिपिएलमा फेरि पराजित हुन पुगेको छ ।

मंगलवार बिहान भएको रोमाञ्चक बनेको खेलमा बार्बोड्स जमैका तालेवाजसँग ५ रनले पराजित हुन पुग्यो ।

खेलमा जमैकाले प्रस्तुत गरेको १ सय २८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बार्बाडोसले २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय २२ रनमा सिमीत हुन पुगेपछी नतिजा जमैकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

बार्बाडोसका लागि जोनसन चार्ल्सले सर्बाधिक ३१ तथा रेमन रिफरले २६ रनको योगदान दिदा नेपालका सन्दीप ९ रनमा अविजित रहेका थिए । ८ बलको सामना गरेका सन्दिपले एक चौका समेत प्रहार गरेका थिए ।

बलिङतर्फ जमैकाका इमरान खान र शमार स्प्रिङगरले ३/३ विकेट लिए । ड्यानि स्मिथले २ र जहिर खानले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय २७ रनको योगफल खडा गरेको थियो ।

जमैकाका लागि ग्लेन फिलिप्सले सर्बाधिक ठूलो स्कोर बनाउने क्रममा ४१ रनको पारी खेले । यस्तै रामेल लेविसले २७ रन जोडे ।

बलिङतर्फ बार्बोड्सका कप्तान जोसन होल्डर , रेमोन र सन्दिप लामिछानेले समान २/२ विकेट हात पारेका थिए ।

सन्दिपले आफ्नो स्पेलको ४ ओभर बलिङगर्दै उत्कृष्ट बलिङ गर्ने क्रममा मात्र १७ रन खर्चिएर २ विकेट चटकाएका थिए । योसँगै सन्दीपले ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

अब सन्दिपले सिपिएलका खेल गुमाउने छ्न । उनि अब नेपालको सिँगापुर भ्रमणमा जोडिने छ्न । जहाँ नेपालले सिगांपुर र जिम्बाबेसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्