onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेस्सीलाई छठौंपटक उत्कृष्ट खेलाडी अवार्ड

असोज ७ , अनलाइन खेलखबर ||अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका मुख्य खेलाडी लियोनल मेस्सी यसपटकको विश्वको उत्कृष्ट खेलाडी बनेका छन् ।

फुटबलको सर्बोच्च निकाय फिफाले प्रत्येक वर्ष प्रदान गर्ने ´ द बेस्ट ” अवार्डमा यसपटकको सो अवार्ड मेस्सीले प्राप्त गर्न सफल भए । यो सँगै मेस्सी उत्कृष्ट खेलाडी सर्बाधिक धेरै पाउने खेलाडी बनेका छ्न । उनले यो सहित ६ पटक उत्कृष्ट खेलाडी बने ।

मेस्सीले पोर्चुगलि स्टार तथा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि पार्दै यसपटकको सो अवार्ड हात पारेका हुन ।

गएराती भएको अवार्डमा महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोई भईन । भने प्रशिक्षकतर्फ पुरुषमा लिभरपुलका जोर्गेन क्लोप र महिलातर्फ जिल एलिसले उत्कट प्रशिक्षकको अवार्ड प्राप्त गरे ।

यता सिल्भिया ग्रेकोले फिफा फ्यान अवार्ड प्राप्त गर्दा वर्षको उत्कृष्ट गोलअवार्ड हङ्गेरीका डानियल जेसोरीले हात पारे ।

उत्कृष्ट गोलकिपर पुरुषतर्फ लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसनले जिते भने महिलातर्फ आर्सनलकी डच गोलकिपर सारी भ्यान भिनिनडालले उक्त अवार्डलाई जित्न सफल भईन ।

फिफा वर्ष महिला गोलकिपर अवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् ।
फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्