onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्सनलको तेस्रो जित : एस्टन भिल्ला पराजित

असोज ६ , अनलाइन खेलखबर ।। ईङलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला आर्सनलसँग पराजित गरेको छ ।

गएराती आर्सनलको घरेलु मैदान एमिरेट्स रंगशालामा भएको खेलमा लण्डन क्लब आर्सनलले एस्टन भिल्लालाई ३-२ ले पराजित गरेको छ ।

निकै प्रतिश्पर्दात्मक बनेको खेलमा आर्सनल खेलको पहिलो हाफमा १ -० ले पछाडी परेको अबस्था थियो । एस्टन भिल्लाले पहिलो हाफमा आर्सनल बिरुद्द १ गोल गरेको थियो ।

खेलको २० औँ मिनेटमा भिल्लाका लागि जॉन मैकगिनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछी खेलको ४१ औँ मिनेटपछी आर्सनल मात्र १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

आर्सनलका आइंसले मैटलैंड-नाइल्सले रातो कार्डखादै मैदान बाहिएका थिए । १० खेलाडीमा सिमित भएता पनि आर्सनल बाकी समयमा निकै राम्रो फुटबल खेल्यो ।

त्यसैको परिणाम खेलको ५९ औँ मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । आर्सनलका लागि बराबरी गोल निकोलस पेपेले गरेका थिए । आर्सनलले बराबरी भने मात्र १ मिनेटमा सिमित हुन पुग्यो , खेलको ६० औँ मिनेटमा एस्टन भिल्लाले दोस्रो गोल गर्यो । दोस्रो गोल वेस्लेले गरेका थिए ।

त्यसपछी आर्सनलले राम्रो कमब्याक गर्दै खेलको ८४ औँ मिनेटमा तेस्रो गोल गर्यो । पियरे-एमरिक ऑबमेयांगले प्रहार गरेको सोही गोल अन्तत निर्णायक साबित हुन पुग्यो ।

यो जितसंगै आर्सनल ६ खेलबाट ३ मा जित , १ मा हार र २ मा बराबरीसँगै अहिले ११ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पराजित एस्टन भिल्ला १८ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्