onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना ग्रानडासँग पराजित

असोज ५ , अनलाइन खेलखबर || स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासँग पराजित हुन पुगेको छ ।

गएराती ग्रानडाको घरेलुु मैदानमा भएको खेलमा बार्सीलोना ग्रानडासँग २-० ले पराजित हुन पुगेको थियो ।

खेलमा दोस्रो मिनेटमा गोल गर्दै ग्रानडाले सुरुवाती अग्रता बनाएको थियो । टिमका लागि रोमन अजिजले गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफ १-० ले सकिएको खेलमा ग्रानडाले दोस्रो हाफमा पनि एक गोल गर्न सफल भयो ।

खेलको ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमार्फत ग्रानडाका लागि गोल गरेका थिए ।

यो जितसँगै ग्रानडाले ५ खेलबाट ३ मा जित एक बराबरी र एकमा हार ब्यहोर्दै १० अंकसहित अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

यता बार्सिलोना पनि समान ५ खेलबाट २ खेलमा जित , एक बराबरी र दुई खेलमा हार ब्यहोर्दै ७ अंकसहित अंकतालिकामा सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्