onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाललाई उदाउँदो भुटानको चुनौती

असोज ५ , अनलाइन खेलखबर ||काठमाडौमा जारी तेस्रो संस्करणको साफ यु – १८ फुटबल च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा आयोजक नेपालले भुटानको सामना आज आईतवार गर्दैछ ।

समूह “ ए ” मा रहेको साविकको विजेता समेत रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो ।

तेस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको नेपालले आज भुटानबिरुद्द स्पष्ट जितको खोजिमा रहने छ । सेमिफाइनल पुग्नका लागि नेपाललाई जितको विकल्प रहने छैन ।

यदि भुटानविरुद्ध नेपालले जितका साथै ठूलो अन्तरले पराजित गरेमा नेपाल समूह विजेता बन्ने सम्भावना रहन्छ । जसले सेमिफाइनलमा निकै ठूलो फाइदा पुर्याउने छ ।

तर पछिल्लो समय भुटानले फुटबलमा राम्रो गर्दै आएको छ । कुनै समय जित पक्का हुने टिममाथि अहिले भने त्यो हुन गाह्रो परिसकेको छ ।

भुटानविरुद्ध खेल्दा पनि टिमले रणनीति बुन्न थालेका छ्न भुटानले पछिल्लो समय फुटबलमा राम्रो गर्दै आएको छ ।

त्यसैले आज हुने खेलमा नेपालले भुटानलाई उत्तिकै सम्मान दिदै खेल्न आबस्यक छ । घरेलु दर्शक सामु टिमले खुलेर खेल्नु पर्नेछ । तुलनात्मक रुपमा भुटानभन्दा नेपाल धेरै माथी रहेको भएता पनि भुटानलाई कम आक्न भने हुँदैन ।

नेपालले सुरुवातबाटै आक्रमक शैलीमा प्रस्तुत हुनुपर्छ । सुरुवाती अवस्थामा गोल गरेमा भुटान स्वाभाविक दबाबमा आउँन सक्छ । जसलाई नेपालले त्यसको पुर्ण फाईदा उठाउन सक्छ ।

सोहि कुरामा ध्यान दिदै नेपाल मैदान उत्रिनु पर्नेछ । खेल भने दिउँसो ३ बजेपछी हलचोकस्थित एपीएफको फुटबल मैदानमा हुनेछ । जसको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्