onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिवल

प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

असोज ४ , अनलाइन खेलखबर || प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंको आयोजनामा भएको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ ।

फाईल फोटो

यसअघि बर्षाले दुईपटक प्रभावित भएको फाइनल खेल आज भएको थियो । जसमा पुलिसले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनल खेलमा पुलिसले आर्मीलाई पहिलो र दोस्रो सेट समान २५-२२ ले पराजित गरेको थियो भने तेस्रो सेटमा २५-२२ ले पराजित गरेपछी पुलिसले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

विजेता नेपाल पुलिस क्लबले नगद पाँच लाख प्राप्त गर्दा उप विजेता आर्मीले ३ लाख प्राप्त गर्यो ।

सर्बाधिक ठूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *