onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शनिबार बिहान सिपिएलमा सन्दिपको टिमको चौथो खेल हुँदै

असोज ३ , अनलाइन खेलखबर || वेस्ट ईण्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) अन्तर्गत नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आवद्ध बार्बोडोसले भोलि बिहान आफ्नो चौथो खेल खेल्दैछ ।

यसअघि तिन खेलमा एक मा जित र दुई मा हार ब्यहोरेको बार्बोडोस शनिबार बिहान हुने खेलमा जितको लयलाई फर्काउने कोशिसमा सेन्ट लुसिया जोक्सविरुद्ध मैदान उत्रिने छ ।

खेल नेपाली समय बिहान पौने ६ बजेपछी सुरु हुनेछ । यता नेपालका सन्दिपलाई यसअघिका ३ खेलमा टिमले मैदानमा उत्रारेको बार्बोडोसले शनिवार बिहान हुने खेलमा पनि मैदानमा उत्रार्ने प्रबल सम्भावना रहेको छ ।

टिम बाहिर हुन सक्ने आधार कम र सम्भावना पनि कम रहेको छ । पहिलो खेलमा गुयना अमेजन वारियर्सबिरुद्द एक ओभरमात्र बलिङ गरेका सन्दिपले दोस्रो खेलमा भने शानदार प्रदशन गरेका थिए ।

जसको फलस्वरुप खेलमा सन्दिपको उत्कृष्ट बलिङको मद्दतमा टिमले सेन्ट किट्सबिरुद्ध १८ रनले जित आत्मसात गरेको थियो ।

सन्दिपले आफ्नो स्पेलको ४ ओभर बलिङगर्दै मात्र २२ रन खर्चिएर मह्त्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । जसको फलस्वरुपले टिमले पनि जित हासिल गर्यो र उनी पनि खेलको प्लेयर अफ द म्याच घोषित हुन पुगेका थिए ।

तर तेस्रो खेलमा भने सन्दिप केही महँगा साबित हुन पुगे । जमैका तलवाहसँगको खेलमा उनले ४ ओभर बलिङगर्दै ३५ रन खर्चिएर १ विकेट हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्