onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट गृहपृष्‍ठ

हेर्नुहोस ! ईपीएल लाईभ गर्ने डी- स्पोर्ट्स कस्तो टेलिभिजन हो

असोज १ , अनलाइन खेलखबर || चौथो सस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) को प्रत्यक्ष प्रशारण गर्ने जिम्मा पाएको डी- स्पोर्ट्स कस्तो टेलिभिजन हो , यो अहिले धेरैका लागि खुलदुलीको बिषय बनेको पाईएको छ ।

यसैलाई ख्यालमा राखेर अनलाइन खेलखबरले डी स्पोर्ट्स टेलिभिजनका बारेमा यो सामाग्री तयार गरेको छ , अबको क्रममा हेर्नुहोस सो सागाग्री !

डी -स्पोर्ट्स हाम्रो छिमेकी मुकुक भारतलाई केन्द्र बनाएर संचालनमा आएको टेलिभिजन हो । सन् २०१७ को फ्रेबअरीमा स्थापमा भएको यस टेलिभिजनलाई डीस्कभरी एसिया प्यासिफिकले चलाउंदै आएको छ ।

स्थापनाको छोटो समयमै यो टेलिभिजनले लोकप्रियताको सिढी चढ्ने क्रममा रहेको छ । र सोहि कुरालाई मध्य नजर गर्दै नेपालको लोकप्रिय खेल क्रिकेटको , लोकप्रिय लिग ईपिएलका दर्शकहरुलाई अन्तराष्टिय स्तरको खुराक पस्किन टेलिभिजनले पहिले पटक नेपालमा हात हालेको छ ।

तर यो टेलिभिजनको नेपाल पहिले भने होईन यसअघि यो टेलिभिजनले भारत , श्रीलंका र बंगलादेशबीचको निदाहास ट्रफ्री , पाकिस्तान सुपर लिग , बंगलादेश प्रिमियर लिग , अफगानिस्तान प्रिमियर लिग जस्ता विश्व चर्चित लिगको प्रत्यक्ष प्रशारण गरिसकेको छ ।

यसले पनि प्रमाणित गर्छ हामीले हेर्दै आएका अन्य बिदेशी टेलिभिजन भन्दा यो पनि कुनै हिसावले कम भने छैन । नयाँ भएको हुँदा यसको पहुच कम हुनु स्वाभाविक भएता पनि एक पछी एक दर्शकको मन जित्न यो टेलिभिजन सफल भईसेको छ ।

भारतको मुम्बईमा मुख्य कार्यालय रहेको यस टेलिभिजनले क्रिकेट बाहेक फुटबल ,गल्फ , कराते जस्ता खेलहरुलाई प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

नेपालमा डी -सोर्ट्सको पहुच

नेपालमा भने डी-स्पोर्ट्स नेपालका लागि नयाँ टेलिभिजन हो । तत्कालका लागि हेराई कठिनाई रहेको छ । दर्शकसामु यो टेलिभिजन सहज तरिकाले पुगिसकेको छैन । यस्तोमा नेपाली दर्शकले कसरी हेर्न सक्छन मुख्य कुरा हो । ग्लोबल बजारमा भने ईपिएल मज्जैले पुग्ने छ ।

त्यसका लागि टेलिभिजनले नेपालमा सहज तरिकाले उपलब्ध हुनका लागि प्रयासमा लागिरहेको छ । प्रत्यक्ष प्रशारण गर्ने हिसाबमा भने भने टेलिभिजन निकै अब्बल रहेको छ । अब त्यहि बिस्तारमा अलिकति कठिनाई मात्र देखिन्छ तर अहिले त्यसमा टेलिभिजन लागि परेको बुझिएको छ ।

यता यस सस्करणको ईपिएलको पूरा टेलिभिजन र प्रोमोसनको सम्पूर्ण अधिकार डी -स्पोर्ट्सले नै प्राप्त गरेको छ । ईपिएलका सबै कार्यक्रम र खेलको उत्पादन डी -स्पोर्ट्सले नै गर्नेछ । तर यसबाट उत्पादन हुने प्रत्यक्ष प्रशारणलाई अनुमति लिएर अरुले पनि गर्न सक्ने बुझिएको छ ।

डी- स्पोर्ट्सको साथमा नेपाली लिगको फड्को

डी -स्पोर्ट्सले पहिलो पटक नेपाली क्रिकेटको ठुलो तथा चर्चित लिग ईपिएललाई प्रत्यक्ष प्रशारण गर्नु आफैमा ठुलो उपलब्धि हो । यसअघि केहि वर्ष अगाडी नेपालमा भएको एउटा विबादित क्रिकेट प्रतियोगितालाई भारतीय टेलिभिजन सोनी सिक्सले प्रत्यक्ष प्रशारण गरेको थियो ।

बिदेशीहरुको आयोजनामा भएको उक्त प्रतियोगिता प्रत्यक्ष प्रशारणका हिसाबले बिदेशी टेलिभिजनले नेपालमा यो स्तरको लाईभ पहिलो पटक गरेको सोहि प्रतियोगितामा हुन सक्छ ।

तर यसपटक नेपालीले नै आयोजना गर्दै आएको नेपाली समर्थक सामु निकै लोकप्रिय रहेको ईपिएललाई डी -स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्दै गर्दा यसलाई प्रशारणका हिसाबले गुणस्तरका हिसाब र ग्लोबल बजारका हिसाबले एक फड्कोको रुपमा लिएको छ ।

डी स्पोर्ट्सको साथमा अझ ग्लोबल बजार बिस्तार हुने

डी -स्पोर्ट्स अन्तराष्टिय टेलिभिजन संस्था भएको हुँदा यसको दर्शक भारतमा मात्र सिमित छैन , भारतसँगै अन्य मुलुकमा यसको पहुच पुगेको छ र पुग्ने क्रममा रहेको छ । यसले नेपाली लिगलाई बिशेषगरि अझ ग्लोबल बजारमा चिनाउन ठुलो भूमिका निर्बाह अबस्य गर्नेछ ।

यसका साथै नेपाली लिगका समर्थक नेपालमा मात्र रहने भएनन , पहुच र बिस्तारले गर्दा नेपाली लिगलाई पछ्याउने क्रममा बाहिरबाट ब्यापक लहर बन्न सक्छ । त्यो सम्भावनालाई डी -स्पोर्ट्सले खोलिदिएको छ।|

यस्तै डी -स्पोर्ट्सको साथ् सँगै ईपिएलमा बिदेशी ब्राण्डहरु जोडिन सक्छन । जसले गर्दा ईपिएलको आयमा ठुलो सहयोग हुन सक्छ । ब्राण्डलाई पनि प्रचार प्रसार हुने , यता लिगलाई आफ्नो कार्यसम्पादन गर्न अझ सहयोग मिल्न सक्ने सम्भावनाको ढोका पनि डी -स्पोर्ट्समार्फत खुल्ला भएको छ ।

हेर्ने दर्शकलाई छुट्टै आनन्द आउने

डी -स्पोर्ट्स र ईपिएलबीच सम्झौता भएसंगै दर्शकहरुलाई ईपिएलका खेलले अझै छुट्टै रौनक छाउने छ । दर्शकका लागि भनेर टेलिभिजनले १२ देखि १५ वटा उच्च स्तरका एचडी क्यामेरा सहित जुम लेन्स प्रयोग गर्ने बताएको छ ।

यो संगै खेलका क्रममा हेर्ने दर्शकका लागि आकर्षक देखियोस भनेर पूर्ण क्रिकेट ग्याफिक्स जसमा खेलाडीको पूर्ण विवरण , डाटा हरु समाबेश हुनेछ । हामीले अहिले हेर्दै आएका बिदेशी टेलिभिजनले झैँ गर्दै आएको प्रत्यक्ष प्रशारण डी -स्पोर्ट्सले गर्नेछ ।

अग्रेजी भाषामा अन्तराष्टिय स्तरका क्रिकेट कमेन्टेटरले खेललाई अझ सुन्दर र मनमोहक बनाउने छन । जसले गर्दा हेर्ने दर्शकलाई पनि एक किसिमको छुट्टै आनन्द पक्कै आउने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *