onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेटमा अर्को ठूलो फड्को : ईपिएलको प्रत्यक्ष प्रसारण डी स्पोर्ट्सले गर्ने

भदौ ३१ , अनलाइन खेलखबर || आउँदो फागुन १७ देखि चैत्र १ सम्म काठमाडौमा हुने नेपालको चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को यस संस्करणलाई बिदेशी टेलिभिजन डी स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

आज मङ्गलबार काठमाडौमा रहेको होटेल सोल्टीमा आयोजक  ईपीएल प्रालीका प्रबन्ध निर्देशक आमिर अख्तर र टेलिभिजनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यो सँगै प्रतियोगिताको चौथो प्रतियोगिता बिदेशी टेलिभिजनले गर्ने भएको छ । त्यसअघि नेपाली टेलिभिजन एपिवानले प्रत्यक्ष प्रशारण गरेको थियो ।

कुनै बिदेशी टेलिभिजनले नेपालको लिगको प्रत्यक्ष प्रशारण गर्न लागेको यो सम्भवत पहिलो पटक हुन सक्छ । तर यहाँ बिदेशी चर्चित स्पोर्ट्स टेलिभिजन सोनि सिक्सले नेपालमा केही बर्ष अघि मात्र आयोजना भएको एउटा बिबादित प्रतियोगिताको प्रत्यक्ष
प्रशारण गरिसकेको अबस्था छ ।

डिसकभरी एसिया प्यासिफिकको संचालनमा रहेको यस टेलिभिजनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग जस्ता अन्तर्राष्ट्रिय लिगको प्रत्यक्ष प्रशारण गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) को समेत मान्यता प्राप्त गरेको प्रतियोगिता १३ दिनसम्म काठमाडौ किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा चल्नेछ ।

कुल ६ फेन्चाईज टिमको सहभागिता रहदै आएको ईपिएलको अघिल्लो सस्करणको उपाधि ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रीयट्सले उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्