onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

एकेडेमी क्रीकेट लिग ( एसिएल ) को तयारी पूरा : असोज २ बाट प्रतियोगिता सुरु हुने

भदौ ३१ , अनलाइन खेलखबर || काठमाडौमा रहेको नेक्सस एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को प्रबर्द्धनमा हुन गईरहेको एकेडेमी क्रिकेट लिग (एसीएल) यू–१९ क्रिकेट क्रीकेट प्रतियोगिता आउँदो असोज २ गते देखि १५ गते हुने भएको छ ।

सोमबार आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी दिने क्रममा प्रतियोगितामा मुलुकभरबाट कुल १६ टिमको सहभागिता जनाउने छ्न ।

सहभागी टिमलाई ४ समूहमा बिभाजन गरि प्रतियोगिता सन्चालन गरिने छ । जसबाट समूहको शीर्षस्थानमा रहने टिमले सेमिफाइनल प्रबेश गर्नेछ ।

खेलतालिका

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप – विजेताले नगद १ लाख , मेडल र प्रमाणपत्र हात पार्नेछ ।

यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले १ हजार रुपैयाँ नगदसहित ट्रफि पाउनेछ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर , उत्कृष्ट ब्याट्सम्यानले एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को एक फेन्चाईज टिम काठमाण्डौ किङस ११ को ट्यालेन्ट हन्टको अन्तिम छ्नोटमा प्रबेश पाउने मौका प्राप्त गर्नेछ्न ।

टि – २० एसिएल प्रतियोगिता काठमाडौ मुलपानीस्थित मुलपानी क्रीकेट मैदानको माथिल्लो मैदानमा हुने आयोजक नेक्सस एकेडेमीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *