onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

कुबेत र नेपालबीचको खेल बराबरीमा सकियो

भदौ ३१ , अनलाइन खेलखबर || जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुबेतलाई बराबरीमा रोक्न सफल भएको छ ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल र कुबेतबीचको खेल १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफको समाप्तीमा कुनै टिमबाट गोल हुन सकेको थिएन ।

तर खेलको ७४ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि दिपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछि भने नेपाल केही हाबी देखिएको भएपनि खेलको इन्जुरी समयमा नेपाललाई ठूलो संकट आईपुग्यो । कुबेतले पेनाल्टी हार्ने अबसर प्राप्त गर्यो । जसलाई अब्दुलवाहब
अलहिन्दीले खेर फालेनन र गुमिसकेको खेललाई बराबरीमा रोक्न सफल भए ।

पहिलो खेलमा जोर्डनसँग ७-० ले पराजित नेपालले अब तेस्रो खेलमा नेपालले असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ ।

यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट एक अंक जोडन सफल भएको छ ।

छनोट चरणमा ११ समूहका शीर्षस्थान हासिल गर्ने टिमले आउँदो एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ्न भने उत्कृष्ट ४ उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *