onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्याडमिन्टनमा नेपालका लागि प्रिन्सले जिते ऐतिहासिक स्वर्ण पदक

भदौ २९ , अनलाइन खेलखबर || दुबई जुनियर ब्याडमिन्टन सिरिज २०१९’ को स्वर्ण पदक नेपालका जुनियर ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जितेका छ्न ।

विश्व वरियताको नवौं स्थानमा रहेका भारतीय खेलाडी वरुण कपुरलाई २-० को सोझो सेटमा पराजित गर्दै प्रिन्सले यो सफलता हात पारेका हुन ।

उनले वरुणलाई पहिलो २१-१९ र दोस्रोमा २१-१९ को सोझो सेटमा पराजित गर्न सफल भएका थिए ।

नेपालका प्रिन्स भन्दा वरियतामा निकैमाथि रहेका बरुणलाई पराजित गर्दै स्वर्ण पदक हात पार्नु सम्भवत अहिलेसम्मकै ठूलो सफलता हो ।

हाल जुनियरतर्फ विश्व वरियताको १०३ औं स्थानमा रहेका प्रिन्सले आफूभन्दा ९४ माथी अर्थात विश्वको ९ औं स्थानमा रहेका भारतीय खेलाडी बरुण कपुरलाई पराजित गर्दै ऐतिहासिक सफलता हात पार्न सफल भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्