onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

आज सिपिएलमा सन्दिपको टिमको तेस्रो खेल हुँदै

भदौ २९ , अनलाइन खेलखबर || वेस्ट ईण्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) अन्तर्गत नेपालका युवा क्रीकेटर सन्दिप लामिछाने आवद्ध बार्बोडोसले आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

यसअघि दुई खेलमा एक मा जित र एकमा हार ब्यहोरेको बार्बोडोस आज जितको लयलाई जारी राख्ने कोशिसमा जमैका तलवाहविरुद्ध मैदान उत्रिने छ ।

खेल नेपाली समय अनुसार राती पौने ११ बजेपछी सुरु हुनेछ । यता नेपालका सन्दिपलाई यसअघिका दुई खेलमा टिमले मैदानमा उत्रारेको बार्बोडोसले आज पनि मैदानमा उत्रार्ने उच्च सम्भावना रहेको छ ।

टिम बाहिर हुन सक्ने आधार कम र सम्भावना पनि कम रहेको छ । अघिल्लो खेलमा सन्दिपको उत्कृष्ट बलिङको मद्दतमा टिमले सेन्ट किट्सबिरुद्ध १८ रनले जित आत्मसात गरेको थियो ।

जसमा सन्दिपले आफ्नो स्पेलको ४ ओभर बलिङगर्दै मात्र २२ रन खर्चिएर मह्त्वपुर्ण ३ विकेट लिन सफल भएका थिए । जसको फलस्वरुपले टिमले पनि जित हासिल गर्यो र उनी पनि खेलको प्लेयर अफ द म्याच घोषित हुन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *