onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

अन्तर्राष्ट्रिय क्रिकेट

नाटकीय खेलमा बंगलादेशलाई पराजित गर्दै भारतले उचाल्यो एसिया कपको उपाधि

भदौ २८ , अनलाइन खेलखबर ।। श्रीलंकामा भएको यु -१९ एसिया कपको उपाधि भारतले उचालेको छ ।

शनिवार भएको प्फारतियोगिताको फाइनल खेलमा बंगलादेशलाई रोमान्चक बनेको खेलमा ५ रनले हराउँदै भारत च्याम्पियन बनेको हो ।

खेलमा भारतले प्रस्तुत गरेको १ सय ७ रनको झिनो विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको बंगलादेश जित नजिक पुगेर निराश हुन पुग्यो । भारतीय बलरको उत्कृष्ट प्रदर्शनमा बंगलादेश जितको नजिक पुगेर असफल हुन पुगेको थियो । जसमा बंगलादेश ३३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १ रनमा सिमित हुँन पुग्दा भारतले नाटकीय रुपमा जित हात पार्दै अन्तत : प्रतियोगिताको च्याम्पियन समेत बन्न सफल भयो ।

निकै झिनो लक्ष्य भएता पनि बंगलादेशको लय पनि भारतको जस्तै हुन पुग्यो । जसको फलस्वरूप बंगलादेशका मोहम्मद अकबर अलिले २३ तथा मोहमम्द मित्तुंनजोयले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।

५१ रन मात्र बनाउदा आफ्नो महत्वपूर्ण ६ विकेट गुमाईसकेको बंगलादेशले त्यसपछी पनि विकेट गुमाउदै गएपछी भारतले नसोचेको खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

भारत च्याम्पियन बन्दा मुख्य हकदार बनेका बलर अर्थभ अन्कोलेकरले ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिएका थिए त्यस्तै आकश सिंहले ३ विकेट तथा बिधाधर पाटिल र सुशान्त कुमार मिश्राले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि कोलोम्बोमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ६ रनको झिनो योगफल खडा गरेको थियो ।

भारतका लागि करन लालले सर्बाधिक ३७ रनको योगदान गरे ।यस्तै धुर्ब चन्दले ३३ रनको पारी खेल्दा अन्य खेलाडीले भने उलेख्य योगदान गर्न असफल भए ।

बलियो भारतबिरुद्द बंगलादेशका बलर पनि हाबी हुन पुगेका थिए । जसअन्तर्गत बंगलादेशका मोहम्मद मिर्तुंन जोय र मोहम्मद शमिम हुसेनले समान ३/३ विकेट हात पारे भने मोहम्मद तान्जिम हसन र मोहम्मद शाहिन आलोमको नाममा पनि १/१ विकेट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *