onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपले यो सिजन मेलबर्न स्टार्सबाट पूरा खेलून भन्ने ईक्छा रहेको छ : प्रशिक्षक डेभिड हस्सी

भदौ २८ , अनलाइन खेलखबर || अष्टेलियाको उच्च लिग बिग ब्यासको मिति नजिकिदै गर्दा नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने यो सस्करणमा पनि खेल्ने पक्का पक्की भएको छ ।

पहिलो सस्करणमा निकै प्रभाव छोडन सफल भएका सन्दिपलाई उनको टिम मेलवर्न स्टार्सले यस पटकको सस्करणमा पनि दोराउँने निश्चित बनेको छ । यसैबीचमा टिमका मुख्य प्रशिक्षक डेभिड हस्सीले सन्दिपलाई लिएर ठुलो भनाई व्यक्त गरेका छन ।

एक अस्ट्रेलियन वेबसाइट का अनुसार डेभीडले नेपालका सन्दिपलाई लिएर खुलेरै प्रशंसा गरेका छन । उनले भनेका छन ” सन्दिप जुनसुकै अबस्थामा पनि बलिङ गर्ने सक्ने खेलाडी हुन ।

यस्तै सन्दिपले सुरुवात बलिङ पनि गर्न सक्छन्, उनि बीचको ओभरमा पनि बलिङ गर्न सक्छन् र अन्तिमको ओभरमा पनि बलिङ गर्न सक्छन्” उनले भने

व्यक्तिगत रूपमा म उनलाई यो सिजन मेलबर्न स्टार्सबाट पूरा खेलून भन्ने ईक्छा रहेको छ तर बंगलादेश जानबाट रोक्दिन , उनले सकभर पैसा कमाउन सक्छन ” डेभिडले भने ।

उनको अघिल्लो सस्करण पनि निकै अभूतपूर्व रहेको उनले बताए ।

यता अहिले क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) मा ब्यस्त रहेका सन्दिप लामिछाने डिसेम्बर १७ देखि फेब्रेअरी ८ सम्म हुने बिग ब्यासका लागि पनि तयार रहेका छन ।

अघिल्लो सस्करणका सुरुवाती र अन्त्यतिर खेलेका उनले प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । कुल ७ वटा खेल खेलेका उनले उनले ११ विकेट लिएका थिए । बिचमा उनि बंगलादेशतर्फ प्रस्थान गरेका थिए ।

बिग ब्यासअघि बंगलादेश प्रिमियर लिगमा सन्दिपले सम्झौता गरेअनुरुप उनि बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए । त्यसपछी उनि त्यहा खेलेर फेरी बिग ब्यासमा फर्किएका थिए ।

उनको टिम मेलवर्न स्टार्सले सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो । जसमा सन्दिपले पनि निकै तारिफयोग्य प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्