onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

नादेझ्दा कपको उपाधि उज्वेकिस्तानलाई : नेपालले उप -विजेतामै चित्त बुझायो

भदौ २६ , अनलाइन खेलखबर || किर्गीस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधि उज्वेकिस्तानले उचालेको छ ।

बिहीबार भएको प्रतियोगिता रोमाञ्चक फाइनल खेलमा उज्वेकिस्तानले नेपाललाई ३-२ को अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

किर्गीस्तानस्थित काराकोलस्थित सेन्ट्रल रंगशालामा भएको खेलमा उज्वेकिस्तानले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको थियो भने नेपालले २ गोल दोस्रो हाफको ६७ औँ मिनेट र खेलको अन्तिम समयमा गरेको थियो ।

नेपालका लागि दुबै गोल साबित्रा भण्डारीले गरेकी थिईन ।

यदी आज नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा पहिलो पटक कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले आफ्नो नाममा लेखाउदै एतिहासिक सफलता हात पार्ने थियो तर त्यसो हुन सकेन नेपाल फेरि उप -विजेतामै सिमित हुन पुगेको छ ।

यता नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।

भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित हुन् पुग्यो । भने अघिल्लो खेलमा ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *