onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नादेझ्दा कपको फाइनल आज : नेपाललाई ऐतिहासिक सफलता हात पार्ने सुबर्ण अवसर

भदौ २६ , अनलाइन खेलखबर ।। किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । जहाँ उपाधिका लागि नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।

फोटो -एन्फा

नेपाली समय अनुसार दिउसो पौने ४ बजेपछि किर्गीस्तानस्थित काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेलमा दुवै टिम उपाधि उचाल्ने लक्ष्यका साथ् मैदानमा उत्रिने छन ।

तर नेपाल भन्दा उज्वेकिस्तान धेरै बलियो टिम मानिन्छ । फिफा वरियतामा पनि नेपाल भन्दा उज्वेकिस्तान धेरै माथि रहेको छ नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।

र यसै प्रतियोगितामा यसअघि भेट हुदा उज्वेकिस्तानले नेपाललाई २-० ले पराजित गरेको थियो । तर बरियताको हिसाबले ह्रेने हो भने

उज्वेकिस्तानको त्यति सन्तोषजनक भने नेपालबिरुद्द खेल्न सकेको थिएन । नेपालको केहि सामान्य गल्तीमा फाईदा उठाउदै उज्वेकिस्तानले जित हासिल गरेको थियो ।

त्यसैले आज हुने खेलमा पुर्ब गल्तिलाई सुधार गर्ने हो भने नेपालले टक्कर दिन भने सक्छ । पहिलो पटक अन्तराष्टिय फुटबल प्रतियोगिताको उपाधि उचाल्ने अवसर भने नेपाली महिला टिमलाई यथावत छ । कठिन भएता पनि नेपालले आज उज्वेकिस्तानलाई हराएको खण्डमा एतिहासिक सफलता हात पार्नेछ ।

यता नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित हुन् पुग्यो । भने अघिल्लो खेलमा ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्