onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप खेली युवा क्रीकेट टोली स्वदेश फिर्ता

भदौ २५ , अनलाइन खेलखबर || श्रीलंकामा जारी यु – १९ एसिया कपमा सहभागि भई नेपाली युवा क्रीकेट टोली आज बुधबार स्वदेश फर्किएको छ ।

टिम बुधवार बिहान करिव १० बजेतिर एयर ईन्डिया मार्फत स्वदेश फर्किएको थियो ।

प्रतियोगितामा समूह चरणबाटै बाहिएको नेपालले समूह चरणमा खेलेको ३ खेलमध्य मात्र एक खेल मात्र जित्न सफल भयो ।

पहिलो खेलमा डिएल मेथडमार्फत आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भने बङ्लादेशसँग उत्कृष्ट खेल खेक्दा खेल्दै पनि अन्तत बङ्लादेशसँग ६ विकेटले पराजित हुन पुगेको थियो ।

भने प्रतियोगिताको अन्तिम खेलमा नेपालले एसोसियट राष्ट युएई माथि ठुलो अन्तरले जित हासिल गर्ने क्रममा युएईलाई १ सय ६० रनले पराजित गर्न सफल भएको थियो ।

सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको नेपाली टिमले लक्ष्य पूरा नभएपनी टिमले भने सबैको मन जित्न सफल भएको छ ।

टेस्ट राष्ट बङ्लादेशसँग जसरी नेपाल खेल्यो त्यो तारिफयोग्य नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्