onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कपमा नेपाललाई सान्त्वना जीत : युएईको लज्जास्पद हार

भदौ २४ , अनलाइन खेलखबर || नेपालले श्रीलंकामा जारी यु – १९ एसिया कपमा सान्त्वना जित हासिल गर्ने क्रममा युएईलाई १ सय ६० रनले पराजित गरेको छ ।

यसअघि समूह चरणका दुई खेलमा श्रीलंकासँग ५ विकेट र बङ्लादेशसँग ६ विकेटले पराजित भएपछी नेपाल सेमिफाइनल पुग्न असफल भएको थियो । भने युएई पनि सोही अवस्थामा रह्दै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको खेल दुबै टिमका लागि सान्त्वना र प्रतिष्ठाका लागि मात्र सिमित रहेको थियो । जसमा नेपालले बाजि मार्यो ।

खेलमा नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको युएई नेपाली बलरसामु निरिह बन्दै ३४.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय २५ रन बनाउन सफल भयो ।

युएईका लागि ब्याटिङमा विईत्या अर्भिदले सर्बाधिक २८ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा टिमले नेपालसँग लज्जास्पद हार ब्यहोरेको छ ।

कसिलो बलिङ गरेका नेपालका सागर ढकालले सर्बाधिक ३ तथा रासिद खान र सुर्य तामाङले समान २/२ विकेट हात पारे भने कमल सिँह एरिको नाममा पनि १ विकेट रह्यो म

यसअघि ट्स हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो ।

यसअघिका खेलमा नेपाली ओपनर ब्याट्सम्यानले ठोस सुरुवात दिलाएको भएता पनि आज दुबै ओपनरले खाता खोल्न सकेनन ।

टिमको स्कोर ८ रन हुँदा ३.५ ओभर भित्र नेपालले रित गौतम र पवन सरार्फलाई शून्य रनमा गुमाएको भएतापनि त्यसपछि मोहम्मद आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले टिमलाई अगाडी बढाए ।

जसअन्तर्गत तेस्रो विकेटका लागि यी दुई बिच ७१ रनको साझेदारी हुन पुगेपछी टिम सम्हालिएको थियो ।

१८.२ ओभरमा टिमले आशिफ शेखलाई ४५ रनमा गुमायो । ५४ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे ।

आशिफ आउट भएपछी रोहितलाई सन्दिप जोराले साथ दिए । रोहित र सन्दिपबीच भने ईनिङको सर्बाधिक ठूलो साझेदारी ८५ रनको साझेदारी हुन पुगेपछि टिम ठूलो योगफलतर्फ अग्रसर भएको थियो ।

तर टिमको स्कोर १ सय् ६४ रन हुँदा ३२.४ ओभरमा रोहित ब्यक्तिगत ६७ रनमा आउट हुन पुगे । सैयद हैदरको हातबाट क्याच आउट हुन पुगेका रोहितले ८३ बलमा ८ चौका र १ छ्क्काको मद्दतमा उनले उक्त पारी खेलेका थिए ।

यस्तै सन्दिप जोराले ४८ तथा कुशल मल्लले २२ रन बनाउदा अन्त्यतिर रासिद खानले ४४ तथा कमल सिँह एरिले ४१ रनको योगदान गरेपछी टिमले विशाल योगफल बनाउन सफल भयो ।

बलिङतर्फ युएईका सन्चित शर्मा र मोहम्मद अकाशा ताहिरले समान ३/३ विकेट लिएका थिए । यस्तै कार्तिकले २ तथा रिशब मुखर्जीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्