onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हामि च्याम्पियन बन्ने हो , खेलाडी र स्वयम् मेरो पनि सपना छ : जगत टमटा

भदौ २४ ,अनलाइन खेलखबर || आउँदो मङसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एशियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रीकेट टिमले अहिले गोल्ड पदक उचाल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।

यसैबीचमा महिला टिमलाई पहिलो पटक सम्हालेका टिमका मुख्य प्रशिक्षक जगत टमटाले च्याम्पियन बन्नका लागि खेलिने बताएका छन ।

सोमबार अनलाइन खेलखबरसँग कुराकानी गर्ने क्रममा उनले “टिमको तयारी पनि राम्रो भएको भन्दै खेलाडीहरुले मेहनत गरिरहेका छन , प्रदर्शनका हिसाबले पनि , फिटनेसमा पनि राम्रो हुदैछ । खेलाडीहरुमा राम्रो नयाँ जोश छ । ”

अहिलेसम्म घरेलु मैदानमा यो स्तरको प्रतियोगिता नेखेलेको हुँदा अझ अतिरिक्त कस्तो हुदो रहेछ भन्ने अनुभूति भईर्रहेको उनले भने ।

दर्शकका अगाडी हामि खेल्न सक्छौ या सक्दैनौ , प्रदर्शन महत्वपूर्ण हो । पहिलो चरणमा सम्म आईपुग्दा राम्रो भएको छ ।

फिल्डिङमा जोड दिएका छौ ,प्रत्येक खेलमा १/२ रन आउट खेलाडीले गरेका छन् । भनेपछि फिटनेसले काम गर्न थालेको छ । यता हाम्रो बलियो पक्ष भनेको बलिङनै हो प्रशिक्षक जगत टमटाले जानकारी गराए ।

अबको नेपालको टिमको भावी योजना नजिकको देशसँग २/३ वटा खेल खेल्ने बाताबरण मिलाउने राष्टिय खेलकुद परिषदसँगकुरा भईसकेको र परिषदले ठिक छ भनेको अबस्था रहेको टमटाले हामीसँगको कुराकानीका क्रममा जानकारी दिए ।

सबैठाउमा चुनौती हुन्छ , हारेपछि गालि खाईन्छ जितेपछी वा -वा हुन्छ । तर मेरो लागि कोचिङ प्यासन हो , मेरो शरीरको अंग हो । पुरुषको फरक हुन्छ महिलाको फरक हुन्छ , आफु पुरुषकोबाट सिधा आउदा धेरै कुरा गराउन खोज्दा गाह्रो पर्न सक्छ ।

त्यो कुरा बुझेर उनीहरुको कति क्षमता हुन्छ । प्राबिधिक कमजोरीहरुलाई कसरी ब्यबस्थापन गर्ने कसरी अभ्यासलाई बडाउने , पुरुषहरुको यस्तो साह्रो हुदैन उनीहरुलाई प्लान दियौ भने उनीहरुले गर्छन तर यिनीहरुलाई आफै उभिएर यो गर्नुपर्छ भन्ने अबुभव टमटाले अन्तरवार्ताका सुनाउदै थिए ।

यता सागको सन्दर्भमा हामी च्याम्पियन बन्नका लागिनै यो किसिमको तयारी गरिरह्हेका छौ । अब खेल हो त्यसमा केहि भन्न सकिदैन तर हामि च्याम्पियन बन्ने हो , खेलाडी र स्वयम् मेरो पनि सपना छ ।

हार जित खेलको अंगहो तर राम्रो भन्दा राम्रो प्रदर्शन दिन्छौ र नेपाललाई एउटा मेडल ल्याउने कोशिस गरेका छौ ।

सम्भव कसरी हुन्छ भन्ने कुरामा प्रशिक्षक जगत टमटाको धारणा यस्तो रहेको थियो ‘ ‘ अहिले देखि मैले उनीहरुको मनस्थितिमा हामीहरु हारी हाल्छौभन्ने होईन त्यो अभ्यास हुदा पनि होईन । “”

हामी जित्नका लागि खेल्ने हो , च्याम्पियन बन्नका लागि खेल्ने छ । हार जित् पछिको पाटो भयो , जसरी मैले अहिले अभ्यास गराईरहेको छु , अन्तराष्टिय स्तरमा कसरि खेलिन्छ त्यो खेलाडीहरुलाई पनि थाहा नै छ । अलिकति फिटनेसमा हामीले जोड दिएका छौ । लामो समय छ सुधार पक्कै हुनेछ ।

टिमले घरेलु मैदानमा खेलेको छैन , हाम्रो दर्शकहरु भारतपछिको धेरै छ सलाम गर्छु , दर्शकले सदै सपोर्ट गरेको छ । तर यिनीहरुले त्यो पाएको छैनन , त्यसैले यिनीहरुलाई दर्शकका अगाडी कसरि खेल्ने भन्ने कुरापनि भईरहेको सुनाए ।

भने अब दोस्रो चरणमा खेलको अनुभव दिने कोशिशमा छौ र अन्तिम तिर बिदेशी टिमसंगखेल्ने कुरा रहेको जानकारी उनले गराए ।

यता घरमै हुन लागिएको प्रतियोगिता भएर पनि नेपालले राम्रो गर्दै गोल्ड मेडल उचाल्ने लक्ष्यसहित तयारिमा नेपाली टोली अहिले जुटिरहेको छ ।

भिडियोमा हेर्नुहोस पूरा अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्