onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मिसन साग : नेपाली महिला क्रीकेट टोली गोल्ड पदक उचाल्ने लक्ष्यसहित अभ्यासमा ब्यस्त

भदौ २४ , अनलाईन खेलखबर || नेपालमा हुन गईरहेको दक्षिण एशियाली खेलकुद ( साग ) अन्तर्गत महिला क्रीकेट बिधातर्फका लागि नेपालले पनि आफ्नो तयारी तिब्रगतिमा गतिरहेको अबस्था छ ।

साउन २९ गते त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा स्वयम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको उपस्थितिमा बन्द प्रशिक्षणको सुरुवात भएको थियो ।

घरमै हुन लागिएको प्रतियोगिता भएर पनि नेपालले राम्रो गर्दै गोल्ड मेडल उचाल्ने लक्ष्यसहित तयारिमा नेपाली टोली अहिले जुटिरहेको छ ।

नेपाली राष्ट्रिय पुरुष टिमका पुर्ब प्रशिक्षक समेत रहेका राखेप प्रशिक्षक जगत टमटाले सागका लागि नेपाली टोलीलाई हेरिरहेका छ्न ।

जस अनुरुप सिनियर तथा क्षेत्रीयबाट खेलेका र केही महिनाअघि महेन्द्रनगरमा भएको प्रधानमन्त्री टि – ट्वान्टी क्रीकेट प्रतियोगितामा राम्रो प्रदशन गरेका ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ ।

प्रशिक्षक जगत टमटाले अनलाइन खेलखबरसँग कुरा गर्दै अब टोलि ३५ बाट २५ जना छ्नोट गरिने र यहि टोलिको प्रदशनका हिसाबले अन्तिम टोलि छ्नोट गरिने छ ।

भने थप तयारी होस भनेर टोलीको भावी योजनामा बिदेशी टिमसँग पनि खेल्ने कार्यक्रम रहेको छ ।

यता टिमले आफ्नो फिटनेसमा र स्वयम् दुई टिम बनाएर खेलको अनुभव बटुल्दै आएको छ ।

अब हेर्नुहोस तस्बिरमा नेपालको तयारी ।।

प्रतिक्रिया दिनुहोस्