onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तिम क्षणमा बङ्लादेशको जित : नेपाल एसिया कपबाट बाहिरियो

भदौ २२ , अनलाइन खेलखबर || श्रीलंकामा जारी यु – १९ एसिया कपको दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र बङ्लादेशसँग रोमाञ्चक बनेको खेलमा ६ विकेटले पराजित हुन पुगेको छ ।

आज आईतवार बङ्लादेशसँग पराजित भएसँगै नेपालको सेमिफाइनल पुग्ने लक्ष्य समाप्त भएको छ । पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित हुन पुगेको नेपाललाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब रहेको थियो ।

तर नेपालको पक्षमा नतिजा नआएपनि नेपालले बङ्लादेशसँग निकै राम्रो प्रदंशन गर्न भने सफल भयो ।

खेलमा नेपालले प्रस्तुत गरेको २ सय ६२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बङलादेश ४९.२ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्यलाई भेटायो ।

बङ्लादेशका लागि अबिजित रहेका मोहम्मद अकवर अलिले सर्बाधिक ९८ रनको योगदान गर्दै बङ्लादेशलाई जित दिलाए । यस्तै मोहम्मद तहिद हैदरीले ६० रन तथा महम्दुल हसन जोयले ४० रनको योगदान गरेपछी बङ्लादेशले अन्तिम तिर जित हासिल गर्न सफल भयो ।

बलिङतर्फ नेपालका कमल सिँह एरिले २ तथा रासिद खान र हरि बहादुर चौहानले समान १/१ विकेट हात पारे ।

त्यसअघि श्रीलंकास्थित पी सारा क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाउन सफल भएको थियो ।

ओपनरद्रय रित गौतम र पवन सरार्फले नेपाललाई सुरुवातीअबस्था देखिनै राम्रो सुरुवात दिलाउने क्रममा ओपनिङ साझेदारी ४५ रनको हुन पुगेको थियो ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रितले ५३ बलको सामाना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाएका थिए । रित पछी भने आशिफ शेखलाई भने टिमले सस्तैमा गुमायो उनले मात्र ३ रन बनाए ।

त्यसपछी भने नेपालले अर्को राम्रो साझेदारी गर्दै टिमलाई सम्हान महत्वपूर्ण भूमिका निर्बाह गर्यो ।

पवन र कुशल मल्लले टिमका लागि तेस्रो विकेटका रुपमा ३९ रनको साझेदारी गरेका थिए ।

२६.५ ओभरमा ३२ बलको सामना गर्दै १ चौका र ३ छक्काको मद्दतमा २८ रन बनाएका कुशल मल्ल तावहिद हैदरिको बलमा मोहम्मद शाहिन आलोमको हातबाट क्याच हुन पुगे ।

कुशल मल्ल आउट भएपछी पवनलाई साथ् दिन कप्तान रोहित कुमार पौडेल मैदान प्रवेश गरे । र उनले कप्तानी भूमिका निर्बाह गर्ने क्रममा राम्रो लयमा ब्याटिङ गरिरहेका पवनलाई राम्रो साथ दिए |

राम्रो साथ दिने क्रममा यो जोडीबीच ६६ रनको महत्वपूर्ण साझेदारी हुन पुग्दा टिम सम्मानजनक स्कोरतर्फ अग्रसर भएको थियो ।

रोहितले २६ बलमा १४ रनको योगदान गर्दा खेलका नायक पवन सरार्फले सर्बाधिक ठुलो स्कोर बनाउने क्रममा ८१ रनको योगदान गरे ।
१११ बलको समाना गरेका पवनले ८ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेल्न सफल भए ।

पाँचौ विकेटमा क्याच आउटका रुपमा पभेलियन फर्किएका उनले टिमको पारी उकास्न निकै उत्कृष्ट ब्याटिङ गरे ।

यस्तै टिमका लागि सन्दिप जोराले पनि अर्धसतकिय ५६ तथा भिम सार्कीले २१ रनको योगदान गरेपछि टेस्ट राष्ट बंगलादेशमाथि नेपालले ठुलो योगफल खडा गर्न सफल भयो ।

बलिङतर्फ बंगलादेशका मोहम्मद तान्जिम हसन र मोहम्मद शाहिन आलोमले समान २/२ तथा मोहम्मद हैदर्री , मिनहुजुर रहमान , रकिबुल हसन र मोहमम्द मितुंनजोयले समान १/१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्