onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बंगलादेशबिरुद्द पवनद्रारा अर्धशतक प्रहार

भदौ २२ , अनलाइन खेलखबर || बंगलादेशबिरुद्दको खेलमा नेपालका ओपनर ब्याट्सम्यान पवन सरार्फले अर्धशतक पूरा गरेका छन ।

उनले ८१ बलमा अर्धशतक पूरा गरेका छन । जसमध्ये ५ चौका र १ छक्काको मद्दतमा उनले अर्धशतक पूरा गरेका हुन । यता नेपालको स्थिति पनि राम्रो बन्दै गएको छ ।

यता नेपालले यो समाचार तयार पार्दा सम्म ३३.४ ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ४४ बनाईसकेको अबस्था छ ।

सुरुवात राम्रो गरेको नेपालका दुई ओपनर ब्याट्सम्यान रित गौतम र पवन सरार्फले टिमलाई सम्हादै राम्रो सुरुवात दिने क्रममा ४५ रनको ओपनिङ साझेदारी गरेका थिए ।
ईनीङको १३.५ ओभरमा रकिबुल हसनको बलमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका रितले ३२ रन बनाएर पभेलियन फर्किएका थिए ।

५३ बलमा ३ चौका र १ छक्काको मद्दतमा उनले उक्त योगदान गरेका थिए । रित पछी टिमले आशिफ सेखलाई भने सस्तैमा गुमायो । उनले मात्र ३ रन बनाउन सफल भए । भने कुशल मल्लले २८ रन बनाए ।

अहिले मैदानमा पवन सरार्फ र कप्तान रोहित पौडेल ले ब्याटिङ गरिरहेका छन ।

यता दोस्रो चरण अर्थात सेमिफाइनल पुग्ने हो भने आज नेपालले बङ्लादेशलाई जसरी पनि हराउनु पर्ने अबस्था छ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएसँगै नेपाललाई दबाब सिर्जना भएको हो ।

सेमिफाइनल पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको टोलीलाई आज गर या मरको स्थितिमा रहेको छ । यदि आजको खेलमा नेपाल पराजित भएको खण्डमा नेपाल एक खेल अगाडी समूह चरणबाट बाहिरिने छ ।

प्रतिक्रिया दिनुहोस्