सबै प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : प्रदेश ३ मा राजु बस्नेत चुनिए

सबै प्रादेशिक क्रीकेटको नयाँ कार्यसमिति चयन : प्रदेश ३ मा राजु बस्नेत चुनिए

भदौ २१ , अनलाइन खेलखबर || प्रादेशिक ३ को नयाँ कार्यसमिति चयन भएसँगै आईसीसीको निलम्बन फुकुवाको प्रक्रियामा रहेको नेपाल क्रीकेट संघको तेस्रो संसोधित विधान २०७४ अनुसार अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) को स्वतन्त्र टोली मनिटरिङ समितिको प्रस्तावना अनुसार सबै प्रदेशको विशेष साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन भईसकेको छ ।

यसअघि ६ प्रदेशले नयाँ कार्यसमिति चयन गरिसकेका थिए र शनिबार प्रदेश ३ ले पनि आफ्नो नयाँ कार्यसमिति चयन गरेपछी सबै प्रदेशको कार्यसमिति निर्माण भएको हो ।

जसअनुसार प्रदेश ३ को अध्यक्षमा राजु बस्नेत चुनिदा उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री , सचीवमा दुर्गा राज पाठक कोषाध्यक्ष अनिल अधिकारी चयन हुन सफल भए ।

यस्तै सदस्यहरुमा महेश्वरी डङ्गोल,प्रज्वल सापकोटा,सुदिप पिया, रुपक रञ्जित,सुजन महर्जन,अजय बीर पाण्डे,अनुज मान श्रेष्ठ,राजु गुप्ता र उमेश पिया सदस्यमा चुनिन सफल भए ।

त्यसअघि गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा, प्रदेश २ बाट हिरा भगत तथा प्रदेश ५ र कर्णालीको सयुक्त बाट दुर्गा थापा अध्यक्षको नेतृत्वमा कार्यसमिति बनिसकेको थियो ।

सबै प्रादेशिक कार्यसमिति गठन भए पश्चात् अब असोजमा नेपाल क्रीकेट संघको कार्यसमिति गठन हुने कार्यक्रम रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आईसीसी ) ले नेपाल क्रिकेट माथि लगाउदै आएको निलम्बन हट्ने विश्वास समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *