onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेट समर्थक समाजको चौथो साधारणसभा चितवनमा सम्पन्न

भदौ २१ , अनलाइन खेलखबर || नेपाली क्रीकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को चौथो साधारणसभा आज सम्पन्न भएको छ ।

चितवन् सौरहामा भएको साधारणसभा मार्फत संस्थाले आफ्नो आगामी कार्ययोजनाको बारेमा छ्लफल गरेको थियो ।

नेपाली क्रीकेटको वृद्धि बिकाशमा समर्थकहरुको भुमिका माथी रहदै छरिएर रहेका समर्थक हरुलाई समटदै नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) अघि बढदै गएको एक समर्थकहरुको सामुहिक संस्था हो ।

पछिल्लो समय नेपाली क्रीकेटका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सहयोग गर्दै आएको छ ।

रचनात्मक तथा सिर्जनात्मक रुपमा एनसिएसएस अघि बढिरहेको छ , नेपाली क्रीकेटको बिकाशको प्रचारप्रसार देखि नेपाली क्रीकेटमा देखिएका कमि कमजोरी बेथिति माथी एनसिएसएसले आबाज उठाउदै आएको छ ।

नेपाली क्रीकेटको अभिन्न अगंको रुपमा पछिल्लो समय आफुलाई एनसिएसएसले उभाईसकेको अवस्था छ ।

साधारण सभा मार्फत सदाझै समग्र नेपाली समर्थकहरुलाई एकत्रित गर्दै खेलकुद मार्फत समाज रुपान्तरण साथमा समग्र नेपाली क्रीकेटलाई योगदान दिने संस्थाको मुख्य उदेश्य माथी नै रहदै आगामी दिनमा पनि उक्त कार्यलाई अघि बढाउने र त्यसै अनुसारको नीति तथा कार्यक्रमहरु समेत पारित गरेको छ ।

एनसिएसएसले आगामी दिनहरुमा क्रिकेट प्रतियोगिता गराउने, संस्थाको शाखा विस्तार गर्ने, कर्पोरेट हाउस र क्रिकेटका सरोकार वाला संग सम्पर्क विस्तार गर्ने, ओझेलमा परेका प्रतिभाहरुलाई अघि ल्याउने लगायत कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त समेत साधारण सभाले गरेको छ ।

साधारणसभामा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरे भने विभिन्न जिल्ला संयोजकहरुले आफ्ना जिल्लाको प्रगती विवरण सहित आफ्नो भनाईहरु राखेका थिए ।

साधारण सभामा संस्थाका मुलुक भरबाट सदस्यहरु चितवनमा उपस्थित भएका थिए । संस्थाका साधारण सदस्य , एसोसियट , आजिवन सदस्य हरु , कार्यसमिति प्रदाधिकारी तथा सस्थापकहरुको साधारणसभामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्