onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमान भ्रमणअघि नेपालले जिम्बाबे र सिगांपुरसँग त्रिकोणात्मक सिरिज खेल्ने

भदौ २० , अनलाइन खेलखबर || ओमान भ्रमण अघि नेपाली क्रीकेट टोलीले सिगांपुरमा त्रिकोणात्मक सिरिज खेल्ने कुरा बाहिर आएको छ ।

सिंगापुर क्रिकेट एसोसिएसनका अनुसार सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म हुने सिरिजमा जिम्बाबे र नेपाललाई आमन्त्रण गरिएको छ ।

सिगापुरपछि नेपाली टोलि ओमान प्रस्थान गर्नेछ । जहाँ अक्टोबर ५ देखी १० सम्म् ५ राष्ट सम्मलित टि- ट्वान्टी सिरिजमा सहभागिता जनाउने छ ।

यता टोलीले आसन्न दक्षिण एसियायी खेलकुद ( साग ) र ओमान भ्रमणका लागि बन्द प्रशिक्षण गरिरहेको छ । यसैबीचमा सिगांपुरले नेपाललाई सो सिरिजका लागि आमन्त्रण गरेको हो ।

ओमानमा हुने टि – ट्वान्टी प्रतियोगितामा आयोजक ओमान सहित नेपाल, हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।

प्रतिक्रिया दिनुहोस्