onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन मुम्बई को आईपिएल मा खराब प्रंदशन जारी , बैङ्लोर सामु १२ रन ले पराजित : अब मुम्बई लाई प्ले अफ मा पुग्न निकै कठिन

अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत मङ्गलबार भएको प्रतियोगिता को ३१ औं खेल रोयल च्यालेन्जर्स बैङ्लोर र मुम्बई ईन्डियन बिचको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर १४ रनले बिजयी भएको छ ।

चिन्नास्वामि स्टेडियम बैङ्लुरु मा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम बैङ्लोर ले निर्धारित पुरै २० ओवर खेल्दै १ सय ६७ रन ७ विकेट गुमाएर बनाएको थियो । पहिलो बिकेट को रुप मा कुन्ट्न डिकक लाई ७ रन मा गुमाएको बैङ्लोर लाई मनन भोहरा ले ४५ रनको पारी खेले उनले ४ छ्क्का २ चौका प्रहार गरेका थिए । यसपछि ब्रेन्डन म्याकलन र कप्तान बिराट कोहली ले राम्रो साझेदारी गर्दै ब्याटिङ गरे म्याकलन १४ ओवर ३ बल मा तेस्रो बिकेट का रुप मा टिम को स्कोर १२१ रन हुदा ३७ रन मा आउट हुन पुगे यसपछि भने बैङ्लोर ले खराब ब्याटिङ गर्दा मात्र ४ रन बनाउदाँ ४ विकेट गुमायो १७ ओवर मा हार्दिक पान्डेय को पहिलो बल मा मन्दिप सिहं लाई १४ रन मा गुमाएको बैङ्लोर ले सोही ओवर को दोस्रो बल मा ककप्तान बिराट लाई गुमायो , कोहली ले २६ बलको सामना गर्दै १ छ्क्का २ चौका को मद्दत ले ३२ रन बनाए भने वासिङ टन सुन्दर , टिम साउथि र उमेश यादब ले १/१ रन बनाएका थिए । साथै काँलिन डे २३ रन मा अबिजित रहे ।

बलिगं तर्फ मुम्बई का लागि हार्दिक पान्डेय ले सर्बाधिक ३ विकेट लिए भने मयाक मार्कन्डे र मिचल मैक्कलैनधन ले समान १/१ विकेट हात पारे ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको पाहुना टोलि मुम्बई ईन्डियन ले २० ओवर् पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो । मुम्बई ले सुरुवात निकै खराब गरेको थियो , पहिलो बिकेट का लागि ओपनर ईशान किशन लाई शून्य रन मा गुमाएको थियो दोस्रो बिकेट मा अर्का ओपनर सुर्यकुमार यादब ९ रन मा एलबीडब्लू का सिकार हुन ३.१ ओवर मा हुन पुगे भने सोही ओवर को अर्को बल मा कप्तान रोहित सर्मा लाई सुन्य मा आउट हुन पुगे यसपछि मुम्बई दबाब मा आएको थियो यसपछि किरन पोलाड ले १३ रन थपे यसपछि जेपि डुमेनी ले २३ रन को योगदान गरे यसपछि मुम्बई ले खेल मा फर्किएको थियो हार्दिक पान्डेय र कुर्नाल पान्डेय दाजुभाइ बिचको जोडि ले खेल लाई जित नजिक पुर्याए पनि अन्तिम मा चुक्न पुगे र नतिजा बैङ्लोर को पक्ष मा गएको थियो । हार्दिक पान्डेय ले अर्धसतक ५० रन जोडे भने कुर्नाल पान्डेय ले २३ रन बनाएका थिए ।

बलिगं तर्फ बैङ्लोर लाई टिम साउथी , उमेश यादब र मोहम्मद सिराज ले समान २/२ विकेट लिए ।।

यो जित सगै बैङ्लोर ले ८ खेल बाट ३ खेल मा जित हासिल गर्दै ६ अंक सहित अंकतालिका को पाचौं स्थान मा रहेको छ । भने हार सगै डिफेन्डिङ च्याम्पियन मुम्बई ईन्डियन लाई अब भने प्ले अफ स्थान बनाउन कठिन बनेको छ , कुल ८ खेल बाट २ खेल मा जित निकाल्दै ४ अंकसहित अंकतालिका को सातौ स्थान मा छ ।

अब बुधवार दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्स बिच हुनेछ । दिल्ली अंकतालिका को अन्तिम स्थान मा रहेको छ भने राजस्थान अंकतालिका को छठौ स्थान मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्