onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुबुदु नेपाल आउने : पुबुदु ईपिएल टोली भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकमा नियुक्त

भदौ १७ , अनलाइन खेलखबर || आउँदो फागुन १७ देखि चैत्र १ सम्म काठमाडौमा हुने नेपालको चर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को एक टिमलाई सम्हाल्न नेपाल क्रीकेट टिमका पुर्ब प्रशिक्षक समेत रहेका पुबुदु दासानायके नेपाल आउन लागेका हुन ।

ईपिएलको फेन्चाईज टिम भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएपछि पुबुदु नेपाल आउन लागेका हुन ।

नेपाली क्रीकेटलाई पहिलोपटक विश्वकप सम्म पुर्याउदै एतिहासिक घडीका मुख्य पात्र बनेका उनी नेपाली समर्थक माझ पनि उत्तिकै लोकप्रिय छ्न ।

उनको कार्यकालमा नेपाली क्रीकेटले ठूलो फडको मारेको थियो । उनको प्रशिक्षणमा नेपालले सन २०१४ मा बङ्लादेशमा भएको आईसीसी टि – ट्वान्टी विश्वकप समेत खेल्यो ।

नेपालपछि उनी अमेरिका हानीएका थिए । त्यहा उनले अमेरिका क्रीकेट टिमको मुख्य प्रशिक्षक भएर काम गरे । तर केही समय अघि उनले अमेरिका क्रीकेटबाट पनि बाहिर रहेका थिए ।

सोही बीचमा उनी अहिले ईपिएलको फेन्चाईज टिम भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकमा नियुक्त भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्