onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल टि – ट्वान्टी वरियतामा पुरानै स्थानमा यथावत : नेपाल केही टेस्ट राष्ट्र भन्दा माथि

भदौ १७ , अनलाइन खेलखबर || अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा यथावत रहने क्रममा ११ औं स्थानमा रहन सफल भएको छ ।

अघिल्लो महिनामा पनि सोही स्थानमा रहेको नेपाल आज मंगलबार आईसीसीले सार्बजनिक गरेको वरियतामा पनि सोही स्थानमा रहेको छ ।

सार्बजनिक गरिएको वरियतामा १४ खेलबाट २०१ रेटिङ र २८१८ पोईन्टका साथ नेपाल सो स्थानमा रहेको हो ।

नेपालअघि १० टेस्ट राष्ट्र र पछी भने एसोसियट का क्रमश : स्कटल्याण्ड , युएई , भखरै आईसीसीको निलम्बनमा परेको टेस्ट राष्ट समेत रहेको जिम्बाबे , आयरल्यान्ड र नेदरल्यान्ड रहेका छ्न ।

भने वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ भने उसलाई ईङल्याण्ड , दक्षिण अफ्रिकाले पछ्याईरहेको छ । त्यसपछि भारत , अष्ट्रेलिया , न्युजिल्याण्ड , अफगानिस्तान , श्रीलंका , वेस्ट ईन्डिज र बङलादेश रहेका छ्न ।

नेपालले यस अन्तर्गत अघिल्लो महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी सिरिज तथा  सिंगापुरमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्