onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमान भ्रमण र सागको तयारीमा जुटयो नेपाली क्रीकेट टोली

भदौ १७ , अनलाइन खेलखबर || घरेलु मैदानमा यहि आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म हुने दक्षिण एसियाली खेलकुद ( साग ) तथा ओमानमा असोज १८ देखि २३ सम्म हुने टि-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो आन्तरिक तयारीमा जुटेको छ ।

फोटो सौजन्य : एनसिएसएस ग्रुप

जसअन्तर्गत आज मंगलवार टिमले आफू – आफुबीच अभ्यास खेल खेलिरहेको छ । त्यसअघि फिटनेस जिम सेशन गरेको थियो ।

बन्द प्रशिक्षणमा यु – १९ का सदस्य र सन्दिप लामिछानेले सहभागी जनाएका छैनन । ३५ सदस्यीय प्रारम्भिक टिममा भने कप्तान पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित  सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनित शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम रहेका छ्न ।

साग अघि नेपालको ओमानमा टि – ट्वान्टी प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।

५ राष्टको सहभागिता रहने उक्त प्रतियोगितामा ओमान र नेपालसहित हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।

प्रतिक्रिया दिनुहोस्