onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिबल

आज उपाधिका लागि पुलिस र न्यू डायमण्ड भिड्दै

भदौ १६ , अनलाइन खेलखबर || नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

फोटो सौजन्य : भलिबल नेपाल

पोखराको लामाचौरमा दिउँसो १ बजेपछी हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले हङ वाङगि न्यू डायमण्ड एकेडेमीबीचको सामना गर्दैछ । त्यसअघि तेस्रोस्थानका लागि गण्डकी प्रदेश र श्रीरामबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो भने न्यू डायमण्डले पनि गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुलिससँग भेट पक्का गरेको हो ।

कुल ६ टिमको सहभागित रहेको प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ६५ हजार तथा तेस्रोस्थान हासिल गर्ने टिमले २५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *