एसिया कपको लागि नेपालको तयारी अन्तिम चरणमा ( फोटोफिचर सहित )
भदौ १५ , अनलाइन खेलखबर || यहि भदौ १९ देखि २८ गतेसम्म श्रीलंकामा हुन गईरहेको यु – नाईन्टिन एसिया कपको लागि नेपाली टोलीले आफ्नो तयारी अन्तिम अन्तिम चरणमा पूराएको छ ।
प्रतियोगिता सुरु हुन भन्दा केही दिनअघि श्रीलंका पुगेको नेपालले त्यहा रहेर स्थानिय टिमसँग अभ्यास खेल खेलेको थियो ।
जसअन्तर्गत नेपालले ३ अभ्यास खेल खेल्ने मौका प्राप्त गरेको थियो । जसमा नेपाल २ खेलमा पराजित हुन पुगेको थियो भने १ खेलमा जित हासिल गरेको थियो ।
सोहीक्रममा नेपालले आज आईतवार पनि आन्तरिक तयारी गर्दै प्रतियोगिताको लागि तयार रहेको बताएको छ ।
प्रतियोगिताको समूह “ बि ” मा रहेको नेपालसँगै श्रीलंका , बङ्लादेश र युएई रहेका छ्न । भने अर्को समूह “ए ” मा भारत , पाकिस्तान , अफगानिस्तान र कुबेत रहेका छ्न ।
समूह चरणबाट प्रत्येक टिमसँग १/१ खेल खेलिसकेपछी समुहको विजेता र उप – विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछ्न ।
यता नेपालले भदौ २० गते पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा नेपालले भदौ २२ गते बङलादेशको सामना गर्नेछ । भने समूहको अन्तिम खेलमा नेपालले युएईको सामाना गर्नेछ । खेल भदौ २४ गते हुनेछ ।
अब हेर्नुहोस तयारीका केही तस्वीरहरु