onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु – १५ साफको फाइनल आज : तेस्रोपटक फाइनल पुगेको नेपाल ईतिहास रच्ने दाउमा

भदौ १४ , अनलाइन खेलखबर ||भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

भारतको कल्याणी मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी हुने फाइनलमा आयोजक भारत र नेपाल भिड्ने छ्न ।

बिहीवार लिगको अन्तिम खेलमा साविकको विजेता समेत रहेको बङ्लादेशलाई ४-० ले पराजित गर्दै भारत अंकतालिकाको पहिलो स्थानमा रहँदै प्रतियोगिताको फाइनल प्रबेश गरेको हो ।

भने नेपालले लिगको अन्तिम खेलमा भुटानमाथी ६-० ले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

यसअघि २ पटक प्रतियोगिताको उपाधि उचालिसकेको भारत तेस्रोपटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिदा नेपाल भने पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य सहित मैदानमा उत्रिने छ । यसअघि दुईपटक फाइनल पुगिसकेको नेपाल यसपटक भने उपाधि उचाल्ने दाउमा रहेको छ ।

स्मरणीय रहोस लिगमा भेट हुँदा भारतले नेपाललाई ५-०ले निराश बनाएको थियो । यसपछि भने नेपालले श्रीलंका , बङ्लादेश र भुटानलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको हो ।

यसअर्थमा लिगको बदलासहित पहिलो पटक उपाधि आफ्नो नाममा लेखाउन नेपाल आज हुने फाइनलमा भारतबिरुद्द मैदानमा पक्कै उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्