onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भुटानमाथि शानदार जित निकाल्दै नेपाल यु – १५ साफ फुटबल च्याम्पियनसिपको फाइनल नजीक

भदौ १२ , अनलाइन खेलखबर ।। भुटानमाथी सहज ६-० गोल अन्तरले पराजित गर्दै नेपाल भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

अब नेपाल फाइनल पुग्ने या नपुग्ने आजैनै हुने भारत र बङ्लादेशको खेलले निर्धारण गर्नेछ । यदी यो खेलमा बङ्लादेशले भारतमाथी ठुलो अन्तरले पराजित गरेको खण्डमा मात्र पुग्नेछैन ।

तर हेर्दा खेरी निकै कठिन देखिन्छ । बलियो भारतबिरुद्द बङ्लादेश कमजोरनै देखिएको छ । यो खेलमा बङ्लादेश पराजित भएमा नेपाल र भारतले फाइनल खेल्नेछ्न ।

आज बिहिवार भारतको कल्याणी मैदानमा भुटानबिरुद्द भएको खेलमा नेपालले पहिलो हाफमै २-० को अग्रता बनाईसकेको थियो ।

तुलनात्मक नेपालभन्दा कमजोर भुटानबिरुद्द नेपालले खेलको पाँचौ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । नेपाललाई सुरुवाती अग्रता दिलाउँने क्रममा नेपालका प्रदिप लम्सालले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो गोल गरेको ४ मिनेटभित्रै नेपालले फेरी अर्को गोल गर्न सफल भयो । नेपालका लागि दोस्रो गोल निराजन खत्रीले गरेका थिए ।

यसपछीको समयमा नेपालले आक्रामक खेलेपनि गोल गर्न भने सकेन र पहिलो हाफको समाप्तीमा नेपालले २-० को अग्रता कायम गरेको थियो ।

पहिलो हाफमा २-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा पनि थप ४ गोल गर्न सफल भएको थियो ।

नेपालयसअघि भारतसँग ५-० ले पराजित भएको थियो भने श्रीलंकालाई २-० ले पराजित गरेको थियो र साविकको विजेतासमेत रहेको बङ्लादेशलाई पनि नेपालले ४-१ ले पराजित गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्