onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मलेसियन क्लबसँग नेपालको राष्टिय फुटबल टोली पराजित

भदौ ९ , अनलाइन खेलखबर || सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्टिय फुटबल टोलीले आज मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलमा पराजित हुन पुगेको ।

सोमबार भएको खेलमा नेपाल जोहोर दारुलसँग १-० को अन्तरले पराजित हुन पुगेको हो । सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै गोल खान पुगेको थियो ।

यसपछी बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल जोहोरले आफ्नो पक्षमा पार्यो ।

यता विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणमा नेपाल समूह ” बी ” मा रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन । फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।

जसमा नेपाल पनि समाबेश हुँन सफल भएको छ । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन । खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ । एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ ।

यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन । भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन । यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।

अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ । यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।

भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ । प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।

यसरी विश्वकप छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ । तर नेपालका लागि भने सोचे जस्तो सहज पक्कै हुँने छैन । विश्वकप त टाढानै हो तर दोस्रो चरण पार गर्नु नेपालका लागि ठुलो उपलब्धि हुँन सक्छ ।

तुलनात्मक रुपमा नेपालको समूहमा बलिया टिमहरु रहेका छन । फिफा बरियतालाई आधार मानेर भन्ने हो भने पनि नेपाल कमजोर देखिएको छ । नेपालकै समूहमा सन् २०१५ को एसिया च्याम्पियन अष्टेलिया समेत रहेको छ ।नेपालको लागि नयाँ प्रतिद्वन्दी भएता पनि अष्टेलिया एसियाको एक ससक्त टिम हो । हाल सम्म अष्टेलियालाई ५ पटक विश्वकप खेलिसकेको अनुभव रहेको छ ।

यता अष्टेलियासँगै जोर्डन पनि बलियो टिमको रुपमा रहेको छ । फिफा बरियतामा हाल ९८ औँ स्थानमा रहेको जोर्डनबिरुद्द नेपाललाई अबश्य सहज हुँनेछैन । पछिल्लो विश्वकप छनोटको दौरान जोर्डन र नेपालबीच भेट हुँदा जोर्डनको घरेलु मैदानमा नेपाल जोर्डनसँग ९-० ले पराजित हुँदा नेपालमा भएको खेलमा भने १-१ को बराबरीमा सकिएको थियो ।

दशरथ रङ्गशालामा भएको खेलमा वर्षाले प्रभावित गरेको खेलमा पानिले डुबेको मैदानमा नेपालले जोर्डनलाई बराबरीमा रोकेको थियो । जसलाई हालसम्म नतिजाको आधारमा बलियो टिम माथिको राम्रो नतिजा मान्न सकिन्छ ।यी दुई टिम बाहेक नेपालको समूहमा रहेका कुबेत र चाइनिज ताइपेइबीचको खेलमा नेपालले राम्रो गर्न सक्ने फुटवलबिज्ञ बताउँछ्न ।

फिफा बरियतामा हाल १२५ औँ स्थानमा रहेको चाइनिज ताइपेइ र १५६ औँ स्थानमा रहेको कुबेत बिचको खेलमा नेपालले राम्रो गर्न सक्ने आधार पनि रहेको छ । केहि समय अघि भएको मैत्रीपूर्ण खेलमा कुबेत बिरुद्द नेपालले २ खेलमा १ बराबरी र दोस्रो खेलमा १-० को अन्तरमा पराजित हुँन पुगेको थियो । भने चाइनिज ताइपेइलाई १-१ मा रोकेको थियो ।

नेपालले यस यात्राको सुरुवात सेप्टेबर ५ तारिखमा कुबेतबिरुद्द उसैको मैदानबाट गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्