onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपिएल मा हैदराबाद द्रारा राजस्थान ११ रन ले पराजित : हैदराबाद अंक तालिका को शिर्षस्थान उक्लियो

बैशाख १६ , अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत आईतवार भएको सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स बिचको खेल मा हैदराबाद ११ रनले बिजयी भएको छ ।

प्रतियोगिता को २८ औं खेल मा आज सवाई मानशिँह रंगशाला जयपुर मा टस जितेर पहिले ब्याटिङ गरेको सनराईजर्स हैदराबाद ले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो । जस मा हैदराबाद का लागि केन विलिम्सन ले सर्बाधिक ६३ रन र ओपनर एलेक्स हल्स ले ४५ रन को योगदान दिदाँ अन्य ब्याटसम्यान चल्न नसक्दा टिम मध्यम स्कोर मा चित्त बुझाउन बाध्य बन्यो । कप्तान तथा ओपनर शिखर धवन लाई २ ओवर १ बल मा टिमको स्कोर १७ रन हुँदा ब्यक्तिगत ६ रन मा गुमाएको हैदराबाद ले यसपछि दोस्रो बिकेट टिमको स्कोर १०९ रन हुँदा एलेक्स लाई १३.३ ओवर मा गुमाएको थियो , यहाँ राम्रो सुरुवात गर्दा गर्दै थप ४२ रन जोडदा आफ्नो महत्त्वपूर्ण ५ विकेट गुमायो र मध्यम लक्ष्य खडा गर्यो । जस मा मनिश पान्डेय ले १६ रन , शाकिव अल हसन ले ६ रन , युशुभ पढान ले २ रन बनाए भने रिद्दिमान शाह ले अबिजित ११ रनको योगदान गरेका थिए ।

बलिगं मा राजस्थान का लागि जोफ्रा ले ३ विकेट हात पारे भने कृष्णप्पा गौतमं ले २ विकेट लिए साथै जयदेव उन्कगत र ईश सोधी ले समान १/१ विकेट हात पारे ।

१ सय ५२ रनको बिजयी लक्ष्य पछ्याएको घरेलु टिम राजस्थान रोयल्स ले उक्त लक्ष्य भेटाउन असफल भयो । पुरै २० ओवर खेल्दै ६ विकेट गुमाएर मात्र १ सय ४० रन मा सिमित हुन पुग्यो । राजस्थान का लागि कप्तान अजिक्य राहाने ले अबिजित सर्बाधिक ६५ रन बनाए पनि जित लाई जिताउँन भने सकेनन , यस्तै सन्जु संम्जोन ले पनि सम्झिने ४० रनको पारी खेले । यस्तै जोस बट्लर ले १० रन , महिपाल लोमरोर ले ११ रन , कृष्णप्पा गौतम ले ८ रन बनाए ।

बलिगं तर्फ हैदराबाद का लागि सिद्दार्थ कौल ले २ विकेट लिए भने सन्दिप सर्मा , बसिल थाम्पी , रासिद खान र युसुभ पढान ले समान १/१ विकेट लिन सफल भए ।

यो जित सगै हैदराबाद १२ अंक सहित अंक तालिका को शिर्षस्थान मा उक्लिएको छ भने पराजित राजस्थान ६ अंक सहित पाचौं स्थान मा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्