onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिवल

कीर्गिस्तानले उचाल्यो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि

भदौ ७, अनलाइन खेलखबर || काठमाडौमा भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि कीर्गिस्तान उचालेको छ ।

फोटो सौजन्य : हाम्रो खेलकुद

साबिकको विजेता समेत रहेको किर्गीस्तानले फाइनलमा उज्वेकस्तानलाई तीन शुन्यको सोझो सेटमा हराउँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

शनिबार लगनखेल स्थित आर्मीको कोर्टमा भएको फाइनल खेलमा कीर्गिस्तानले निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उज्वेकस्तानलाई पहिलो सेटमा २७-२५ यस्तै दोस्रो सेटमा २६-२४ र तेस्रो सेटमा २५-१९ ले पराजित गरेपछी किर्गीस्तानले उपाधी आफ्नो नाममा लेखाउँन सफल भएको हो ।

कुल ७ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालले पाँचौं स्थानमा चित्त बुझायो । नेपालले सान्त्वना जित निकाल्ने क्रममा अफगानिस्तानलाई ३–१ ले जित्दै पाँचौं स्थानमा रह्दै प्रतियोगिताको समापन गरेको थियो ।

त्यसअघि समूह चरणको खेलमा नेपाल
कीर्गिस्तान र माल्दिभ्ससँग पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *