onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अर्को राष्टिय प्रतियोगिताको पर्खाईमा : लमही क्रिकेट मैदान

शलमान शाह ( अनलाइन खेलखबर ) || नेपाली क्रिकेटले पछिल्लो समय एक पछी अर्को सफलता हात पार्दै गरेको अबस्थामा नेपालमा अहिले क्रिकेट लोकप्रिय खेलको अग्रस्थानमा रहेको छ |

लोकप्रिय सगैं यस खेलसँगका भौतिक पूर्वाधारहरुको बिकाशमा सबैको चासो बढेर गएको छ | स्थानीय , प्रदेश देखि केन्दीय सरकारको खेल प्रति पछिल्लो समय धारणा पनि परिबर्तन हुने क्रम जारी रहेको अबस्थामा अहिले मैदानहरु र खेलसँग जोडिएका पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ ।

त्यसैबिचमा क्रिकेटको मैदान निर्माणमा अलिकति व्यापक चर्चा पाएको छ । सोहि क्रममा काठमाण्डौ उपत्यका बाहिर बन्दै गरेको मध्य पश्चिम दाङ जिल्लामा अबस्थित् लमही क्रिकेट मैदान अर्थात प्रस्तावित देउखुरी अन्तराष्टिय क्रिकेट रंगशालाको चर्चा अहिले सबत्र रहेको छ ।

हालै नेपाली खेलकुदको महाकुम्भ मेला अन्तर्गत आठौ राष्टिय खेलकुदको महिला क्रिकेट यहि मैदानले गरेको थियो । सम्भवत् यो मैदानले गरेको राष्टिय स्तरको पहिलो प्रतियोगिता हो ।

लामो समय देखि निर्माण प्रक्रिया सुरु भएपनि यसले निर्माण कार्यमा तिब्रगतिमा केहि वर्षदेखि पायो । अझ आठौ राष्टिय खेलकुदको महिला क्रीकेट गर्ने भनेपछि अझ यसले तिब्रता पाएको हो।

निर्माण कार्यमा दशकभन्दा लामो ईतिहास बोकेको मैदानमा अहिले स्थानीय पक्षहरु पनि निर्माण कार्यमा हात हाल्दा निर्माणले तिब्रगति पाएको हो । जसमा पछिल्लो समयमा लमही नगर बिकास समिति र राष्टिय खेलकुद परिषदको करिव ४ करोड भन्दा बढी लगानीमा मैदानको लगभग ८५ % काम भईसकेको छ ।

जसअन्तर्गत मैदानको स्वरूप तयार भईसकेको छ । मैदानमा पिच तयार बनाउने , नालाहरु ब्यबस्थापन गर्ने काम सकिसकेको छ , तारवार समेत् गरिएको छ । मैदानमा दुबो रोपेर मैदान सुन्दर बनिसकेको छ ।

खेलाडी बस्ने स्थान बनिसकेको अबस्था छ । अब भने अन्य कुराहरु दर्शक बस्ने ब्याराफिट बनाउँन बाकि रहेको छ । यस्तै क्रिकेटमा नभई नहुने साईड स्क्रिनको जरुरी मैदानका लागि रहेको छ ।

जसका लागि कार्यहरु भईरहेको र चाडैनै ल्याइने तयारी भईरहेको छ । भने मैदानको बाकि संरचनाको काम पनि सुरु गरिने र चाडैनै समापन गर्ने भनिएको छ ।

अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी ) को पूर्ण मापदण्ड अनुसारनै मैदानलाई तयारि गर्ने गरि अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जसले गर्दा अहिले मैदान निकै आकर्षक र लोभालाग्दो बनिसकेको अबस्था छ | साचिक्कै ! सुन्दर बनेको छ क्रिकेट मैदान ,लामो समयको अन्तराल पछी विभिन्न चरणहरु पार गर्दै यहाँ सम्म आईपुगेको यो मैदान काठमाण्डौ पछीको उत्कृष्ट मैदान भएको बिज्ञहरुको हाबी समेत रहेको छ ।

यसले गर्दा अब लमही क्रिकेट मैदान नेपालको क्रिकेटका लागि अभिन्न अंगको रुपमा अब स्थापित गर्न आबस्यक रहेको छ । काठमाण्डौ केन्दित हाम्रो संरचनामा बेला बखत मैदानको अभावका कारण बिभिन्न समस्याहरु निम्तिरहेका हुन्छन ।

जसको गतिलो विकल्प अब लमही क्रिकेट मैदान हुन सक्छ । राष्टिय प्रतियोगिता खेलाउन तयार भईसकेको मैदान अबको यहि गतिमा अन्य काम भएको खण्डमा चाडैनै अन्तराष्टिय प्रतियोगीता आयोजना गर्न समेत मैदान तयार हुनेछ ।

काठमाण्डौ किर्तिपुरमा रहेको त्रिवी अन्तराष्टिय क्रिकेट मैदानमा अहिले नेपाली क्रिकेट निर्भर रहेको अबस्थामा अब लमहीले त्यसका लागि साथ् दिन तयार छ । बेला बखत मैदानको अभावमा खेलाडीको तयारी , प्रतियोगिताको मितिनै हेर-फेर गर्नु परिरहेको अबस्था आईरहदा लमहीलाई अब रोज्नु सकिने भएको छ ।

त्यसका लागि सम्बधीत निकायले यसमा खुल्लापन देखाउन जरुरी छ । अब हुँने राष्टिय क्रिकेट प्रतियोगिता काठमाण्डौ बाहिर गरिनु पर्ने चर्चा चलिरहदा लमही त्यसका लागि तयार र स्वागत गर्न लालाहित समेत देखिन्छ ।

त्यसका लागि राष्टिय प्रतियोगिताको पुरुष तथा महिला क्रिकेटका केहि प्रतियोगिता लमहीमा गर्न सकिने बिज्ञ हरु पनि बताउछन । राष्टिय खेलकुद परिषद ( राखेप ) ले प्रत्येक बर्षझैँ गर्दै आएको प्रधानमन्त्री कप लगायत उमेर समूहका प्रतियोगीताहरु लमहीमा गर्न सकीने आधारहरु पनि अहिले तयार भएको छ ।

त्यसले क्रिकेटलाई सिमित मात्र गर्दैन अझ बिस्तारको ढोका खोलिदिन्छ । जसले गर्दा स्थानीय सरोकार पक्षलाई पनि यसले हौसला प्रदान र क्रिकेटको बिकास मा थप टेवा पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्