onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तर्राष्ट्रिय क्रीकेट कार्निभलका लागि श्रीलंकामा रहेको नेपालको शोबिज स्पोर्ट्स दरेसलमसँग पराजित

भदौ ५ , अनलाइन खेलखबर || श्रीलंकामा जारी दोस्रो अन्तर्राष्ट्रिय क्रीकेट कार्निभलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदै आएको शोबिज स्पोर्ट्स आज भएको खेलमा पराजित हुन पुगेको छ ।

श्रीलंकाको दरसलम टिमसगँ भएको दुई वटा खेलमा नेपालको शोबीज पराजित हुन पुगेको हो ।

पहिलो खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको दरेसलमले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल खडा गरेको थियो ।

दरेसलमका लागि डिएम रिमजानले एक्कैले ८० रनको योगदान गरेका थिए ।

बलिङतर्फ शोबिजका अंकित प्रताप सिँह र अफजलले समान २/२ विकेट लिन सफल भएका थिए । यस्तै मनिरत्न कुमार शाह , सबिन बोगटी र सफल केसिले पनि समान १/१ विकेट हात पारेका थिए ।

त्यसपछि दरेसलमले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको शोबिजले ७७ रनमा सिमित हुन पुगेपछी दरेसलमले खेललाई ७० रनले आफ्नो पक्षमा पारेको थियो ।

नेपालको शोबिजका तर्फबाट बिबेकले सर्बाधिक २१ रनको योगदान गर्दा सफल केसिले १८ तथा रबिले ११ रनको पारी खेलेका थिए ।

यस्तै दरेसलम सँग आजनै भएको दोस्रो खेलमा पनि शोबिज ९ विकेटले पराजित हुन पुगेको छ ।

खेलमा शोबिजले ट्स जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभर पुरै खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७ रन बनाएको थियो ।

शोबिजका लागि रबि सिँह ले सर्बाधिक ३१ रनको योगदान गरे भने बिबेक बुढाथोकीले २८ तथा अभियान बस्नेतले १५ रनको योगदान गरेका थिए ।

यसपछि जवाफी ब्याटिङ गरेको दरेसलमले मात्र १ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो ।

श्रीलंका जानुअघि शोबिज स्पोर्ट्सले त्यसअघि थाईल्यान्ड र मलेसियाको भ्रमण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्