onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

भलिवल

आयोजक नेपाल पहिलो खेलमै पराजित

भदौ २ , अनलाइन खेलखबर ||आयोजक नेपाल काठमाडौमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित हुँन पुगेको छ ।

प्रतियोगिताको बलियो टिममध्यको एक किर्गिस्तानसँग घरेलु टिम नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल पहिलो सेटमा २५–२३ को सेटमा पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले बिपक्षीलाई टक्कर भने दिएको थियो । पहिलो सेटमा राम्रो उपस्थिति जनाएको नेपालले दोस्रो र तेस्रो सेटमा पनि निरंतरता दिएको भएपनि सेट भने आफ्नो पक्षमा पार्न भने असफल भयो ।

नेपाल दोस्रो सेट २५–२२ र तेस्रो सेट पनि २५–२२ ले नै गुमाउन पुगेको थियो ।

समूह” ए ” मा रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । यदि यो खेलमा नेपालले जित निकालेको खण्डमा नेपाल सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *