जिम्बाबेको सट्टा नाईजेरिया

जिम्बाबेको सट्टा नाईजेरिया

साउन २१ , अनलाइन खेलखबर || अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसिसि )द्रारा जिम्बाबे क्रीकेटमाथी ठूलो कदम उचाल्ने क्रममा जिम्बाबेलाई आईसीसीका प्रतियोगितामा बन्चित गराईने भएको छ ।

राजनितिक हस्तक्षेप बढेको भन्दै आईसीसीले जिम्बाबेलाई केही समय अगाडी प्रतिबन्ध लगाएको भएपनि आसन्न प्रतियोगितामा सहभागी जनाउँने या नजनाउँनेमा कुरामा भने आईसीसीले कुनै जानकारी नगराएको भएपनि सङ्केत भने दिएको थियो ।

जुन कुरालाई मंगलवार आईसीसीले पुर्ण गरेको छ । यसरि क्रीकेटको ईतिहासमा टेस्ट राष्टमाथी यो नै हालसम्मको ठूलो कदम हो ।

अब जिम्बाबेले आईसीसीले आयोजनामा हुँने कुनै पनि प्रतियोगितामा सह्भागिता जनाउँन पाउने छैन ।

त्यसको सिधा असर आगामी विश्वकप जिम्बाबेले गुमाउने छ । युएईमा हुने विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरमा अब जिम्बाबेको सट्टा नाईजेरियालाई सहभागी गराउने आईसीसीले निर्णय गरेको छ ।

उता पुरुषसगै महिला क्रीकेट क्रीकेटको विश्वकप छ्नोटमा जिम्बाबेको ठाउँमा नामिबियालाई स्थान लिएको छ ।

नाईजेरिया अफ्रिका छ्नोट प्रतियोगितामा तेस्रो स्थानमा रहेको थियो । जहाँ नामिबिया पहिलो र केन्या दोस्रो स्थान हासिल गर्दै ग्लोबल क्वालिफायरका लागि छ्नोट हुँन पुगेका थिए ।

तर आईसीसीले अफ़्रिकन मुलुकको ठाउँमा अर्को अफ्रिकी मुलुकलाई स्थान दिएपछि नाईजेरियालाई नसोचेको सफलता हात पारेको हो ।

जिम्बाबेले अब प्रतियोगितासगै आईसीसीले प्रदान गर्ने हरेक सुबिधा र बजेटपनि गुमाउने छ । एउटा टेस्ट राष्ट माथी यो स्तरको कारबाहीले गर्दा अहिले आईसीसीको निर्णय माथी पनि धेरै क्रीकेट सुभचिन्तकले दुखेसो ब्यक्त गरेका छ्न।

तर आईसिसीले भने जिम्बाबेलाई बारम्बार चेतावनी दिएको भएपनी जिम्बाबेले सुधार्ने पर्नेमा अझ हस्तक्षेप गरेको भन्दै आईसीसीले यो कदम उचालेको बताएको छ ।

जिम्बाबेलाई आईसीसीले निलम्बन गरेपछी केही दिन अघि सिगांपुरमा भएको विश्वकप एसिया फाइनल छ्नोटमा तेस्रो स्थान हासिल गर्दै ग्लोबल क्वालिफायरमा छ्नोट हुँन नसकेको नेपाललाई आईसीसीको वरियताका अनुसार नेपाललाई आईसीसीले मौका दिन्छ कि भन्ने केहिले आकंलन गरेको भएपनी त्यो हुँन भने सकेन ।

यता नेपाल पनि आईसीसीको निलम्बनमा रहेको छ । तर नेपाललाई भने आईसीसीले प्रत्यक्ष निगरानिमा प्रतियोगितामा सहभागी गराउन भने दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *