onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दक्षिण अफ्रिकी खेलाडी डेल स्टेनले टेस्ट क्रिकेटबाट लिए सन्यास

साउन २१ , अनलाइन खेलखबर || दक्षिण अफ्रिकाका चर्चित तथा महान क्रिकेटर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन ।

आफ्नो तिब्रगतिको बलिङमार्फत देश र समर्थकहरुलाई खुशी बनाउदै आएका डेललाई अब हामि एकदिवसीय र टि- ट्वान्टीमा भने देख्न सक्छौ ।

सोमबार दक्षिण अफ्रिकाले आफ्नो आधिकारिक सामाजिक संजालमार्फत डेलको सन्यासबारे पुष्टि गरेको थियो । जसमा भनिएको छ ‘डेल स्टेनले रातो बलवाला क्रिकेटबाट सन्यास लिदैछन । आधुनिक जगतका महान बलर मध्यका एक स्टेनले आफ्नो करियरमा पूर्णविराम लगाएका छन ”


विश्वभर आफ्नो उत्कृष्ट बलिङ्गका साथ चर्चित रहेका डेलले टेस्ट क्रिकेटमा पनि सफल खेलाडीको रुपमा लिने गरिन्छ । ३६ बर्षीय डेलले ९३ टेस्टमा ११७ ईनिग खेल्दै ४ सय ३९ विकेट लिन सफल भए ।

यसले पनि उनको क्षमतालाई पनि प्रष्टै देखाउछ । यस्तै एकदिवसीयमा उनले १२४ ईनीगमा १९६ र टि- ट्वान्टीमा ९२ खेलबाट ९६ विकेट लिईसकेका छन ।

उनलाई दक्षिण अफ्रिकाको तर्फबाट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको रुपमा पनि लिने गरिन्छ । बारम्बार चोटबाट पिडित बनेका डेलले चोटकै कारण भखरै इंगल्याण्ड र वेल्समा भएको एकदिवसीय विश्वकप गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्