onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वेस्ट ईन्डिजविरुद्धको दोस्रो टि- ट्वान्टीमा भारतले पहिले ब्याटिङ गर्ने

साउन १९ , अनलाइन खेलखबर || वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतीय क्रीकेट टिम र वेस्ट ईन्डिजबीचको दोस्रो टि- ट्वान्टी खेल अब सुरु हुँन गईरहेको छ ।

फ्लोरिडामा भखरै भएको ट्समा भारतले ट्स जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

भ्रमणमध्यको ३ टि – ट्वान्टी खेलमध्य पहिलो खेल सनिवार सम्पन्न भईसकेको अबस्था छ । जसमा भारत ४ विकेटले विजयी भएको थियो ।
ट्स हारेर पहिले ब्याटिङ गर्दै वेस्ट ईन्डिजले प्रस्तुत गरेको ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर उक्त लक्ष्य भेटाएको थियो ।

र दोस्रो दिन दोस्रो पटक भिडदै जादाँ आज भने खेल अझ राम्रो बन्ने आकंलन गरिएको छ । पहिलो खेलमा वेस्ट ईन्डिजले निकै खराब ब्याटिङ गरेको थियो भने पछ्याउँने क्रममा भारतको अवस्था उस्तै उस्तै देखिएको थियो ।

वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतिय टिमले वेस्ट ईन्डिजबिरुद्ध ३ टि – ट्वान्टी , ३ एकदिवसीय र २ टेस्ट खेल खेल्ने कार्यक्रम रहेको छ ।

जो आउँदो सेप्टेम्बर ३ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्